१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग

जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
file
अ अ+ अ-

चितवन । सौराहामा पालिएका निजी हात्तीका कारण जङ्गली हात्ती बस्तीमा आउन थालेपछि निजी हात्तीलाई वन नजिक एकीकृत गरेर राख्न स्थानीयले माग गरेका छन् । स्थानीयको मागपछि हात्ती पाल्दै आएका व्यवसायीले सरकारी स्तरबाट जग्गा उपलब्ध गराइदिए आफूहरू एकीकृत रूपमा राख्न तयार रहेको बताएका छन् ।

सौराहा क्षेत्रमा अहिले मकुना नामको जङ्गली हात्ती बस्ती पसेर स्थानीयलाई दुःख दिँदै आएको छ । योसँगै रोनाल्डो नामको हात्ती पनि हात्ती प्रजनन केन्द्र हुँदै बस्तीमा आउने गरेको छ । जङ्गली हात्तीले पोथी हात्ती खोज्दै बस्ती आउने क्रम बढेपछि स्थानीयले व्यवस्थापनका लागि माग गरेका हुन् ।

स्थानीयले सामुदायिक वन, मध्यवर्ती सामुदायिक वन, निकुञ्ज वा बस्तीभन्दा पर कुनै खाली ठाउँमा सबै हात्ती एकै ठाउँमा राख्न माग गरेका हुन् । निकुञ्ज प्रशासन, स्थानीय प्रशासन, हात्ती व्यवसायी र स्थानीयले यस विषयमा छलफल थालेका छन् ।

रत्ननगर नगरपालिका–६ का वडाध्यक्ष किरण महतोले स्थानीयको मागअनुसार निकुञ्ज प्रशासनसँग छलफल भएको बताउनुभयो । सम्बन्धित वडाका अध्यक्षहरूले यस विषयमा नगरप्रमुखसँग पनि छलफल गरिरहनुभएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस विषयमा सरोकार भएका निकाय र स्थानीयबीच छलफल भइरहेको छ । एकीकृत रूपमा वन नजिक निजी हात्ती राखेमा जङ्गली हात्तीले कम दुःख दिने सबैको सुझाव छ ।”

सौराहामा ४५ वटा निजी हात्ती छन् । तीमध्ये ३० वटा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाअन्तर्गत रहेका छन् । संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले आफूहरू स्थानीयको मागअनुसार काम गर्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निजी जग्गामा राख्दा वरिपरि घर हुन्छन् । सामुदायिक वा मध्यवर्ती वन क्षेत्रका खाली ठाउँ पाए हामी एकीकृत गरेर हात्ती राख्न तयार छौँ ।” सधैँका लागि एकीकृत गरेर हात्ती राख्ने ठाउँ पाए आवश्यक संरचना आफूहरूले बनाउने उहाँको भनाइ छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले निकुञ्ज प्रशासन स्थानीयको मागप्रति गम्भीर रहेको बताउनुभयो । निजी हात्तीलाई एकीकृत गरेर राख्न केही समयका लागि सोर क्षेत्रमा बासस्थानको व्यवस्थापन गर्न सकिने उहाँले उल्लेख गर्नुभयो । दीर्घकालीन वा अल्पकालीन रूपमा हात्ती राख्नका लागि विभागसँग अनुमति लिनुपर्ने भएकाले लिखित रूपमा माग राख्न भनिएको उहाँले जानकारी दिनुभयो ।

जङ्गली हात्तीले बस्ती पसेर धनजनको क्षति पुर्‍याउने, स्थानीय र पर्यटकलाई त्रसित बनाउने गर्दै आएका छन् । जाडो महिना सुरु भएसँगै हात्ती बस्ती पस्न थालेका हुन् ।