२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैफ अली खानको घर पुग्यो मुम्बई पुलिस



अ+ अ-

एजेन्सी । आक्रमणको छ दिनपछि बान्द्रा पुलिस सैफ अली खानको बयान लिनको लागि उनको घर पुगेको छ ।

मंगलबार लीलावतीबाट डिस्चार्ज भएर अभिनेता घर फर्किएका थिए । मुम्बई प्रहरीले आरोपी शरीफुललाई १९ जनवरीको राती पक्राउ गरेको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार यस प्रकरणको अनुसन्धानको जिम्मा सुदर्शन गायकवाडको सट्टा अजय लिङ्नुकारलाई सुम्पिएको छ । अभिनेता सैफ अली खानमाथि भएको आक्रमणको मामिलामा मुम्बई प्रहरीले मंगलबार राति फेरि अपराधको दृश्य पुनः सिर्जना गरेको छ ।

प्रहरीले आरोपी शरीफुल इस्लामलाई सैफको घरबाट करिब ५०० मिटर टाढा लगेको थियो । करिब ५ मिनेट यहाँ रोकिएपछि प्रहरी अभियुक्तलाई लिएर प्रहरी चौकीमा फर्कियो ।

आरोपी सैफको घरमा बाथरुमको झ्यालबाट पसेका थिए र आक्रमणपछि यहीँबाट बाहिर निस्केका थिए । सैफ–करीनाका छोरा जेह उर्फ ​​जहांगीरको कोठामा आरोपीको टोपी भेटिएको छ । टोपीमा भेटिएको कपाल डिएनए परीक्षणका लागि स्कुल अफ मेडिसिन पठाइएको छ ।

अभियुक्त भवनभित्र पसेपछि गार्ड सुतेको प्रहरीले जनाएको छ । मुख्य गेट र करिडोरमा सीसीटीभी नहुँदा आरोपीले फाइदा उठाएका थिए ।

यदि मिडिया रिपोर्टहरूको विश्वास गर्ने हो भने, सैफ अली खानले छिट्टै उनीसँगै हमलामा घाइते भएकी हाउसकीपर एरियाना फिलिपलाई भेटेर उनलाई पुरस्कार दिनेछन् । आक्रमणका क्रममा उनी चिच्याएको सुनेर सैफ छोरा जेहको कोठामा पुगेका थिए ।