२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैफ अली खानको घर पुग्यो मुम्बई पुलिस



अ+ अ-

एजेन्सी । आक्रमणको छ दिनपछि बान्द्रा पुलिस सैफ अली खानको बयान लिनको लागि उनको घर पुगेको छ ।

मंगलबार लीलावतीबाट डिस्चार्ज भएर अभिनेता घर फर्किएका थिए । मुम्बई प्रहरीले आरोपी शरीफुललाई १९ जनवरीको राती पक्राउ गरेको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार यस प्रकरणको अनुसन्धानको जिम्मा सुदर्शन गायकवाडको सट्टा अजय लिङ्नुकारलाई सुम्पिएको छ । अभिनेता सैफ अली खानमाथि भएको आक्रमणको मामिलामा मुम्बई प्रहरीले मंगलबार राति फेरि अपराधको दृश्य पुनः सिर्जना गरेको छ ।

प्रहरीले आरोपी शरीफुल इस्लामलाई सैफको घरबाट करिब ५०० मिटर टाढा लगेको थियो । करिब ५ मिनेट यहाँ रोकिएपछि प्रहरी अभियुक्तलाई लिएर प्रहरी चौकीमा फर्कियो ।

आरोपी सैफको घरमा बाथरुमको झ्यालबाट पसेका थिए र आक्रमणपछि यहीँबाट बाहिर निस्केका थिए । सैफ–करीनाका छोरा जेह उर्फ ​​जहांगीरको कोठामा आरोपीको टोपी भेटिएको छ । टोपीमा भेटिएको कपाल डिएनए परीक्षणका लागि स्कुल अफ मेडिसिन पठाइएको छ ।

अभियुक्त भवनभित्र पसेपछि गार्ड सुतेको प्रहरीले जनाएको छ । मुख्य गेट र करिडोरमा सीसीटीभी नहुँदा आरोपीले फाइदा उठाएका थिए ।

यदि मिडिया रिपोर्टहरूको विश्वास गर्ने हो भने, सैफ अली खानले छिट्टै उनीसँगै हमलामा घाइते भएकी हाउसकीपर एरियाना फिलिपलाई भेटेर उनलाई पुरस्कार दिनेछन् । आक्रमणका क्रममा उनी चिच्याएको सुनेर सैफ छोरा जेहको कोठामा पुगेका थिए ।