१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

घरजग्गा व्यवसायीद्वारा अध्यादेशको स्वागत, हदबन्दी छुट दिँदा व्यवसायी उत्साहित

घरजग्गा व्यवसायीद्वारा अध्यादेशको स्वागत, हदबन्दी छुट दिँदा व्यवसायी उत्साहित
अ अ+ अ-

काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास महासंघले सरकारले ल्याएको अध्यादेशलाई स्वागत गरेको छ ।

सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि गर्न भन्दै एक साथ दर्जन कानून संशोधन गरेको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्र्दै महासंघले भूमि सम्बन्धि अध्यादेश निकै सकारात्मक रहेको भन्दै घरजग्गा व्यवसायीहरुले स्वागत गरेका हो ।

उक्त संशोधनमा भूमि सम्बन्धि व्यवस्थालाई पनि परिमार्जन गरेको छ । सरकारको यो सुधारले घरजग्गा व्यवसायीहरुलाई मात्रै नभएर समग्र निजी क्षेत्रलाई उत्साहित बनाएको प्रतिक्रिया दिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले सरकारले ल्याएको अध्यादेश स्वागतयोग्य रहेको बताउनु भयो । उहाँले सरकारले ल्याएको भूमि सम्बन्धि अध्यादेश निकै सकारात्मक रहेको उल्लेख गर्नुभयो । उहाँले हाउजिङमा विदेशी लगानि भित्र्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले जग्गाको कारोबार विद्युतीय माध्यमबाट गर्न सरकारलाई सुझाव दिनुभयो । उहाँले जग्गाको मूल्य र कर्जा धितोको अनुपातका साथ आवास खरिदका लागि आम्दानीको स्रोत खुलाउनुपर्ने हालको व्यवस्थालाई नेपाल राष्ट्र बैकले लचकता अपनाएर पुनरावलोकन गर्न आग्रह गर्नुभयो । उहाँले सरकारले घरजग्गामा लाग्दै आएको हदबन्दीमा सुधार स्वागतयोग्य गरेको बताउनु भयो ।

उहाँले घर जग्गाको कारोबार राष्ट्र बैंकका कारण बढ्न नसकेको आरोप लगाउनु भयो । उहाँले सरकारले घरजग्गा कारोबारमा ल्याण्डपुलिङ र हाउस पुलिङमा निजी क्षेत्रलाई सहभागिता गराउन आवश्यक रहेको बताउनु भयो ।