१५ श्रावण २०८३, शुक्रबार
,
Latest
अन्ततः उठ्यो देवानगञ्ज घटनाका दुई मृतकको शव तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैरहवा र पोखरा विमानस्थल विदेश जाने श्रमीकका लागि डेडिकेटेड गरौँ, चलेन भनेर चिन्ता लिनै पर्दैनः महानिर्देशक अधिकारी



अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले फेब्रुअरी ३ देखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा र थाइ एशियाले उडान शुरु गर्ने बताउनुभएको छ ।

मंगलवारको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उहाँले यस्तो जानकारी दिनुभएको हो । उहाँले भैरहवाबाट अहिले पनि नेपाल एयरलाइन्स र फ्लाइ दुबईले उडान गरिरहेको बताउनु भयो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा—ल्हासा उडानका लागि हिमालय एयरलाइन्सले पहल गरिरहेको बताउनु भयो । विमान उडान सञ्चालन देशको जिडिपीसँग जोडिएको हुने भन्दै स्वेच्छिक राखेसम्म त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा अन्य विमानस्थलमा जानेको संख्या कम हुने बताउनु भयो । विदेश जानेहरुका लागि ५ सय मिटरभित्रै सबै सेवा उपलब्ध गराउने प्रतिवद्धतासहित अघि बढ्नसके भैरुहवा र पोखरा विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पोखरा र भैरहवाको कुरामा अब सरकारले पनि यो कार्ययोजना पास गरेर विभिन्न क्षेत्रको कार्यक्रमहरु लिएर आएको छ । यसमा हामीले पाँच वटाको फ्लाइट भयो । अहिले त्यहाँ नेपाल एयरलाइन्स अपग्रेट गरिरहेको छ, फ्लाइ दुबई अपग्रेट गरिरहेको छ । जजिरा फेब्रुअरी ३ देखि गर्छ, थाइ एशिया फेब्रुअरी ३ देखि गर्दछ । पोखरामा हिमालयले ल्हासा गर्न सकिन्छ की भनेर हेरिरहेको छ । यसको किन फ्लाइट भएन भनेर सोधिरहँदाखेरी यसको सैद्धान्तिक कुरा के हो भने अन्तर्राष्ट्रियमा ट्राफिकहरु हेर्ने,नयाँ विमानस्थल बनाउन लाग्यो भने त्यसको फोरकास्ट गर्ने भनेको त्यो देशको अर्थतन्त्र त्यो देशको जिडिपी कति एग्रिसिप छ, कति ग्रोथमा गएको छ भन्ने हुन्छ । त्यसको सम्बन्ध देशको जिडिपीसँग हुन्छ । ट्राफिक देशको हो । ट्राफिक काठमाडौंको मात्रै, भैरहवाको मात्रै, ट्राफिक पोखराको मात्रै भन्ने हुँदैन । देशको हुन्छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयको लागि पर्मानेन्ट बन्द गर्नुप¥यो भने हामी हवाई यातायातसँग अवरुद्ध हुन्छौँ त हुँदैनौँ नि । भैरहवा र पोखरा चलाउँछौँ नि । स्वेच्छिक राखेसम्म, अप्सनल राखेसम्म कोही पनि नजाने रहेछ । अब यसको बाध्यकारी उपाय भनेको के हो भने श्रमको मान्छेलाई पोखरा, भैरहवाबाट गर्ने भनिन्छ । श्रमको थोरै दुःख छ त काठमाडौंमा । यति महंगो ट्रान्सपोर्ट, खाना, होटल छ । भिसा सेन्टर एक ठाउँमा छ, अर्को अर्को ठाउँमा छ । भनौँ न त भैरहवाबाट तिम्रो लागि एयरपोर्ट डेडिकेटेड । ५ सय मिटरभित्र सबै सुविधा हुन्छ । भिसा, ट्रेनिङ, इन्स्यारेन्स, मेडिकल त्यहीँ हुन्छ । भोलिदेखि चल्छ नि भैरहवा ।’

महानिर्देशक अधिकारीले अन्तर्राष्ट्रिय व्यापारमा जबरजस्ती किन गरेको भन्ने प्रश्नको जवाफ आफूसँग पनि नरहेको बताउनु भयो ।