१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

एमाले सांसद बास्कोटाको प्रश्नः संविधानको व्यवस्था बमोजिम आएको अध्यादेश अलोकतान्त्रिक कसरी हुन्छ ?

एमाले सांसद बास्कोटाको प्रश्नः संविधानको व्यवस्था बमोजिम आएको अध्यादेश अलोकतान्त्रिक कसरी हुन्छ ?
file photo
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले ल्याएको अध्यादेश अलोकतान्त्रिक नभएको दाबी गर्नुभएको छ ।

मंगलवार संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद बास्कोटाले सरकारले ल्याएको अध्यादेश संवैधानिक व्यवस्था अनुरुप नै रहेको दाबी गर्नुभएको हो ।

उहाँले अध्यादेश आउनु लोकतन्त्रले व्यवस्थाअनुरुप नै आएको बताउनु भयो । उहाँले अध्यादेश ल्याउने व्यवस्था संविधानमा राखेको भन्दै कसरी अलोकतान्त्रिक हुन्छ भन्दै प्रश्न गर्नुभयो । उहाँले संविधानमा भएको व्यवस्थाअनुसार सरकारले अध्यादेश ल्याउँदा अलोकतान्त्रिक हुने हो भने त्यो बुँदालाई संविधानबाट झिक्न आवश्यक रहेको बताउनु भयो । सांसद बास्कोटाले सरकारले ल्याएको अध्यादेशको निजी क्षेत्रबाट स्वागत भएको बताउँदै दल फुटाउन ल्याएको भनी व्याख्या गर्न नहुने बताउनु भयो । उहाँले अध्यादेशको विरोध भन्दा पनि कन्टेन्टमा जान आवश्यक रहेको बताउनु भयो । उहाँले विगतका सरकारले पनि अध्यादेश ल्याएको स्मरण गराउँदै कम्तिमा ४० प्रतिशत गरेर दल फुटाउन २० प्रतिशत भन्ने अध्यादेश अहिलेको सरकारले नल्याएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ बजेट पास भएको कति हो ? नीति कार्यक्रम बजेट पास भएको कति भयो । ठेक्का कति र कहिले लाग्यो । हामी कसैलाई पनि थाहा छैन । सांसद बोलाइएको छ ।अहिलेसम्म ठेक्का लाग्दैन भने ठेक्का कहिले लाग्छ ? चैतमा सम्झौता हुनेगरी लाग्छ ? वैशाख पुग्छ । जेठमा काम सकिन्छ । असारमा बिल भुक्तानी हुन्छ । त्यसपछि समस्या पैदा हुन्छ । राज्यको लगानी पनि त्यसैरी गइरहेको छ । केही कमी कमजोरी भएका छन् । त्यसलाई सच्याउनको लागि समितिले केही भनेको छैन । अध्यादेशको बारेमा कुरा उठ्यो । अध्यादेश आउनु लोकतन्त्र हो की होइन भन्नेकुरा अनौठो लाग्छ । अध्यादेश ल्याउने व्यवस्था संविधानमा नै छ । कसरी अलोकतान्त्रिक हुन्छ । पहिला संविधानको त्यो बुदा झिकेर फालिदिनुप¥यो । कुनैपनि सरकारले अध्यादेश ल्याउन पाउँदैन । अध्यादेशको परीक्षण कहाँ हुने हो । दुई महिनाभित्र हुनुपर्छ । सांसदमा नै हुनुपर्छ । त्यसको कन्टेनमा हामी जाँदैनौं । कन्टेनमा जाऔं । कति ठिक कति बेठिक हो । निजी क्षेत्रले स्वागत गरेको छ । लोकतन्त्रमा सरकारको निगरानी संसदले नै गर्छ । ‘म पनि बाढी पीडित क्षेत्रको मान्छे हुँ । त्यहाँ केही पनि काम भएको छैन । विपी हाइवे कति बनेको छ रु पूर्व जाने मधेस झर्ने कति जना हुनुहुन्छ ।’

सांसद बास्टोकाले बजेट कार्यान्वयनबारे संसदले चासो राख्नुपर्ने बताउनु भयो । उहाँले बजेट खर्चबारे प्रश्न गर्नुभयो । उहाँले बजेट पास भयो, ठेक्का कति लागे ? अहिलेसम्म ठेक्का लाग्दैन भने कहिले लाग्छ? भन्दै प्रश्न गर्नुभयो । सांसद बास्कोटाले बाढी पीडित क्षेत्रमा केही काम हुन नसकेको भन्दै असन्तुष्टि जनाउनु भयो ।