१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

बाँकेको राप्ती नदीमा गोही गणना सुरु

बाँकेको राप्ती नदीमा गोही गणना सुरु
अ अ+ अ-

जानकी । बाँकेको राप्ती नदीमा घडियाल गोहीको गणना सुरु गरिएको छ । प्रत्येक वर्षझैँ यस वर्ष पनि राप्ती नदीमा छाडिएका घडियाल गोहीको सर्वेक्षण तथा निरीक्षणका साथै गणना सुरु गरिएको हो ।

बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत मन्दीप पँगेनीका अनुसार राप्ती नदीमा यसअघि पटक–पटक छाडिएका घडियाल गोहीको पनि गणना कार्य हुँदै आएको छ । “गोहीको अवस्थाको जानकारी लिनका लागि गणना सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “शनिबार दुई घडियाल गोही र एउटा मगर गोही फेला पा¥यौँ, नदीमा गोही रहनसक्ने सम्भावित क्षेत्रमा सर्वेक्षण गरेर उनीहरूको अवस्थाबारे जानकारी लिँदैछौँ ।”

गणना गर्नका लागि निकुञ्जका कर्मचारीसहित समुदायका केही ‘सिटिजन साइन्टिस्ट’ सहभागी रहेको उहाँको भनाइ थियो । “गोहीको संरक्षण गर्ने दायित्व स्थानीय समुदायको पनि भएको हुनाले हामीले स्थानीय समुदायका केही व्यक्तिलाई यसका बारेमा तालिम दिने र विभिन्न कार्यक्रममा सहभागी बनाएर उहाँहरूलाई गोही संरक्षणका बारेमा जानकारी दिने गरेका छौँ”, उहाँले भन्नुभयो, “गोहीको गणनामा पनि स्थानीय समुदायका केही सिटिजन साइन्टिस्टलाई सहभागी बनाएका छौँ, यसबाट उहाँहरूले गोहीका बारेमा थप जान्नुहुनेछ र गोही संरक्षणमा उहाँहरू अग्रसर हुनुहुनेछ ।”

बाँके र दाङको सिमानामा पर्ने शिव खोलाबाट राप्ती नदीमा गोहीको गणना कार्य सुरु गरिएको सूचना अधिकारी पँगेनीले जानकारी दिनुभयो । “हामीले नदीको कुसुम, अगैयालगायत क्षेत्रमा रहेका घडियालसहित अन्य गोहीको पनि अवस्था जानकारी लिँदैछौँ”, उहाँले भन्नुभयो, “हरेक वर्ष गोही ल्याएर छाडेर मात्र हुँदैन, उनीहरूको अवस्था के छ रु कति जीवित छन् रु उनीहरूको आहाराको अवस्था के कस्तो छ रु जस्ता कुराहरूको जानकारी सर्वेक्षण, निरीक्षण र गणनाबाट मात्रै लिन सकिने हुँदा केही वर्षयता हरेक वर्ष राप्ती नदीमा गोही गणना गर्दै आइरहेका छौँ ।”

गत वर्ष मात्र चितवनबाट १४ घडियाल गोही ल्याएर राप्ती नदीमा छाडिएको थियो । हरेक वर्ष उनीहरूको अवस्थाका बारेमा जानकारी लिनका लागि निकुञ्जले गोहीको सर्वेक्षण, निरीक्षण तथा गणना गर्दै आएको जनाएको छ । घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बङ्गलादेश, भूटान, म्यान्मालगायत देशहरूमा समेत पाइने घडियाल हाल नेपाल र भारतमा मात्रै पाइन्छन् ।

नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, माछा मार्नेलगायत कारणले गोहीका प्राकृतिक बासस्थानमा क्षति भइरहेको र बाढी आउँदासमेत गोही बगेर जाने गरेका छन् । सन् १९४० को दशकमा यसको सङ्ख्या विश्वमा १० हजार जति रहेको पाइन्छ । सन् १९७० मा त्यसको दुई प्रतिशत मात्रै सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढ्दै गएको संरक्षणकर्मी बताउँछन् ।