१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

‘प्रिय मित्र’ : ट्रम्पको शपथग्रहणमा राष्ट्रहरूको प्रतिक्रिया

‘प्रिय मित्र’ : ट्रम्पको शपथग्रहणमा राष्ट्रहरूको प्रतिक्रिया
President Donald Trump speaks at an indoor Presidential Inauguration parade event in Washington, Monday, Jan. 20, 2025. (AP Photo/Matt Rourke)
अ अ+ अ-

एजेन्सी । विश्वभरका नेताहरूले सोमबार बधाई दिँदै र अस्थिर नेतासँग राम्रो सम्बन्धको आग्रह गर्दै डोनाल्ड ट्रम्पको ह्वाइट हाउस पुनरागमनमा प्रतिक्रिया दिएका छन् । यहाँ ट्रम्पले दोस्रो कार्यकालका लागि शपथ लिनुभएपछिका केही प्रतिक्रिया छन् :

न्यायपूर्ण शान्ति : युक्रेन 

“राष्ट्रपति ट्रम्प सधैँ निर्णायक हुनुहुन्छ र उहाँले घोषणा गर्नुभएको शक्तिमार्फत शान्तिको नीतिले अमेरिकी नेतृत्व सुदृढ गर्ने र दीर्घकालीन तथा न्यायपूर्ण शान्ति हासिल गर्ने अवसर प्रदान गर्छ, जुन सर्वोच्च प्राथमिकता हो”, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले भन्नुभयो ।

 दीर्घकालीन शान्ति : रुस 

ट्रम्पलाई बधाई दिँदै र युक्रेन युद्धबारे नयाँ अमेरिकी प्रशासनसँग संवादका लागि आफू खुला रहेको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भन्नुभयो, “म यो कुरामा जोड दिन चाहन्छु कि यसको लक्ष्य छोटो युद्धविराम हुनुहुँदैन… तर सबै मानिसहरूको वैध हितको सम्मानमा आधारित स्थायी शान्ति हुनुपर्छ ।”

रक्षा खर्च ‘टर्बो–चार्ज’ : नाटो 

नाटो प्रमुख मार्क रुटेले ट्रम्पको पुनरागमनले गठबन्धनमा ‘रक्षा खर्च र उत्पादनलाई टर्बो–चार्ज गर्ने’ बताउनुभयो ।

‘सर्वोत्तम दिनहरू’ आउन बाँकी : इजरायल 

“म विश्वास गर्छु कि फेरि सँगै काम गर्दा हामी अमेरिका–इजरायल गठबन्धनलाई अझ उच्च शिखरमा पु¥याउनेछौँ”, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भन्नुभयो, “हाम्रो गठबन्धनका सर्वोत्तम दिनहरू अझै आउन बाँकी छन् ।”

‘दुई–राज्य समाधान’ : प्यालेस्टिनी 

“तपाईंको कार्यकालमा दुई–राज्य समाधानमा आधारित शान्ति हासिल गर्न तपाईंसँग काम गर्न हामी तयार छौँ”, प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले भन्नुभयो, “यसको अर्थ हाम्रो क्षेत्र र विश्वमा सुरक्षा र स्थिरता सुनिश्चित गर्दै प्यालेस्टिन राज्य र इजरायल राज्य सुरक्षा र शान्तिका साथमा बस्छन् ।”

मध्य पूर्वमा शान्ति : सिरिया 

“उहाँ मध्यपूर्वमा शान्ति ल्याउने र क्षेत्रमा स्थिरता पुनस्र्थापना गर्ने नेता हुनुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ”, सिरियाका नयाँ नेता अहमद अल–साराले भन्नुभयो ।

 अमेरिका, इटाली ‘विश्वव्यापी चुनौतीहरू’ को सामना 

“म निश्चित छु कि विश्वव्यापी चुनौतीहरूको सामना गर्दै र हाम्रा जनताका लागि समृद्धि र सुरक्षाको भविष्य निर्माण गर्दै हाम्रा राष्ट्रहरूबीचको मित्रता र हामीलाई एकजुट गर्ने मूल्यहरूले इटाली र अमेरिकाबीचको सहकार्यलाई निरन्तर बलियो बनाउनेछ”, इटालीका प्रधानमन्त्री जोर्जिया मेलोनीले भन्नुभयो ।

उहाँले ‘संयुक्त राज्य अमेरिका र युरोपबीचको संवाद सुदृढ गर्ने’ इटालीको भूमिकाको पनि उल्लेख गर्नुभयो ।

सम्मान : मेक्सिको 

“छिमेकी र व्यापारिक साझेदारका रूपमा संवाद, सम्मान र सहयोग सधैँ हाम्रो सम्बन्धको प्रतीक हुनेछ”, मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबमले भन्नुभयो ।

नहर पनामाकै रहने : राष्ट्रपति 

अमेरिकाले पनामा नहरलाई ‘फिर्ता लिने’ ट्रम्पको प्रतिज्ञामाथि पनामाले कडा प्रतिक्रिया दिँदै प्रमुख अन्तरमहासागरीय जलमार्ग आफ्नो नियन्त्रणमा रहने बताएको छ । “यो नहर पनामाको हो र रहनेछ”, राष्ट्रपति जोस राउल मुलिनोले भन्नुभयो ।

नजिकबाट काम : इयु 

“युरोपेली सङ्घ (इयु) विश्वव्यापी चुनौतिहरूको सामना गर्न तपाईँसँग नजिकबाट काम गर्न तत्पर छ”, युरोपेली सङ्घका प्रमुख उर्सुला भोन डेर लेयनले भन्नुभयो, “सँगै, हाम्रा समाजहरूले अधिक समृद्धि हासिल गर्न सक्छन् र उनीहरूको साझा सुरक्षालाई बलियो बनाउन सक्छन् ।”

हाम्रो पालो : हङ्गेरी 

“संयुक्त राज्य अमेरिकाको ४७औँ राष्ट्रपतिको रूपमा शपथग्रहण गर्नुभएकोमा राष्ट्रपति ट्रम्पलाई बधाई !”, हङ्गेरीका राष्ट्रवादी प्रधानमन्त्री भिक्टर ओर्बनले एक्समा पोस्ट गर्नुभयो, “अब चम्किने हाम्रो पालो हो ! ब्रसेल्स कब्जा गर्ने हाम्रो पालो !”

प्रिय मित्र : भारत 

“हाम्रा दुवै देशको लाभका लागि र विश्वको राम्रो भविष्य बनाउन म फेरि एकपटक नजिकबाट काम गर्न तत्पर छु”, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना ‘प्रिय मित्र’ ट्रम्पलाई बधाई दिँदै भन्नुभयो ।

सँगै काम गर्दा ‘सबैभन्दा बलियो’ : क्यानाडा 

“हामी सँगै काम गर्दा सबैभन्दा बलियो हुन्छौँ र म राष्ट्रपति ट्रम्पसँग काम गर्न तत्पर छु”, ट्रम्पले क्यानाडाली आयातमा २५ प्रतिशत भन्सार लगाउने धम्की दिनुभएपछि क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भन्नुभयो, “क्यानाडा र संयुक्त राज्य अमेरिकासँग विश्वकै सबैभन्दा सफल आर्थिक साझेदारी छ ।”

नजिकको मित्र : जर्मनी 

“अमेरिका हाम्रो सबैभन्दा नजिकको सहयोगी हो र हाम्रो नीतिको उद्देश्य सधैँ राम्रो ट्रान्सएटलान्टिक सम्बन्ध हो”, जर्मन चान्सलर ओलाफ स्कोल्जले भन्नुभयो ।

ढोका खुला छ : संयुक्त राष्ट्र जलवायु प्रमुख 

“पेरिस सम्झौताका लागि ढोका खुला छ र हामी कुनै पनि र सबै देशबाट रचनात्मक संलग्नतालाई स्वागत गर्छौं”, संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन कार्यकारी सचिव साइमन स्टिलले भन्नुभयो ।

ट्रम्पले पद सम्हालेपछि छोटो समयमै सम्झौताबाट अमेरिकालाई बाहिर निकाल्ने आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।

साझा लक्ष्य : जापान 

“म तपाईंसँग दीर्घकालीन जापान–अमेरिका साझेदारी सुदृढ गर्न र स्वतन्त्र तथा खुला इन्डो–प्यासिफिकको हाम्रो साझा लक्ष्यको संयुक्त रूपमा खोजी गर्न सहकार्य गर्न तत्पर छु”, जापानी प्रधानमन्त्री शिगेरु इशिबाले भन्नुभयो ।

 ऐतिहासिक साझेदार : ब्राजिल 

“म आशा गर्छु कि (ट्रम्प) को सफल प्रशासन होस् र अमेरिकीहरू ब्राजिलको ऐतिहासिक साझेदार बनिरहून्”, देशका वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भन्नुभयो ।