२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेश सरकारद्वारा स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल शुरु



अ+ अ-

काठमाडौँ । मधेस प्रदेश सरकारले स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल शुरु गरेको छ ।

मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा मंगलवार जनकपुरधाममा स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल शुरु गरेको हो ।

छलफल कार्यक्रममा बोल्दै प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले संघ, प्रदेश र स्थानीय तहको कानून नबाझियोस् भनेर छलफल शुरु गरेको बताउनु भयो । उहाँले तीन तहको सरकारबीच समन्वय जरुरी रहेको बताउनु । उहाँले तीन तहको संरचनामा रहेका जनप्रतिनिधिबीच पनि समन्वय जरुरी रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संघको, स्थनीय तहको, प्रदेशको कानून नबाझियोस् । त्यतातिर हामी सबै अलिकति सजग रहनुपर्छ । तीन तहको बीचमा समन्वय पनि बढी हुनुपर्छ । तीन तहको संरचना र तीन तहको संरचनामा हामी रहेका जनप्रतिनिधिहरुको बीचमा सहकार्य र समन्वयको पनि त्यत्तिकै आवश्यकता छ । यो कुरालाई ध्यानमा राखेर हाम्रो मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य र समन्वय गर्नकै लागि हामीले बाराको कलैयाबाट सप्तरीको सप्तकोशीबाट हामीले शुरुवात गरिसकेका छौँ । कतिपय कार्यक्रम स्थानीय तहको र हाम्रो मन्त्रालयको सहकार्यमा हामीले शुरु गरेका छौँ ।’

मन्त्री लेखीले आफ्नो मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य र समन्वय गर्नका लागि काम शुरु गरिसकेको बताउनु भयो । —