१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

मधेस प्रदेश सरकारद्वारा स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल शुरु

मधेस प्रदेश सरकारद्वारा स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल शुरु
अ अ+ अ-

काठमाडौँ । मधेस प्रदेश सरकारले स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल शुरु गरेको छ ।

मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा मंगलवार जनकपुरधाममा स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल शुरु गरेको हो ।

छलफल कार्यक्रममा बोल्दै प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले संघ, प्रदेश र स्थानीय तहको कानून नबाझियोस् भनेर छलफल शुरु गरेको बताउनु भयो । उहाँले तीन तहको सरकारबीच समन्वय जरुरी रहेको बताउनु । उहाँले तीन तहको संरचनामा रहेका जनप्रतिनिधिबीच पनि समन्वय जरुरी रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संघको, स्थनीय तहको, प्रदेशको कानून नबाझियोस् । त्यतातिर हामी सबै अलिकति सजग रहनुपर्छ । तीन तहको बीचमा समन्वय पनि बढी हुनुपर्छ । तीन तहको संरचना र तीन तहको संरचनामा हामी रहेका जनप्रतिनिधिहरुको बीचमा सहकार्य र समन्वयको पनि त्यत्तिकै आवश्यकता छ । यो कुरालाई ध्यानमा राखेर हाम्रो मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य र समन्वय गर्नकै लागि हामीले बाराको कलैयाबाट सप्तरीको सप्तकोशीबाट हामीले शुरुवात गरिसकेका छौँ । कतिपय कार्यक्रम स्थानीय तहको र हाम्रो मन्त्रालयको सहकार्यमा हामीले शुरु गरेका छौँ ।’

मन्त्री लेखीले आफ्नो मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य र समन्वय गर्नका लागि काम शुरु गरिसकेको बताउनु भयो । —