२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेलिभिजनहरुको भ्युवरसिपका आधारमा विज्ञापन दिन बोर्डले थाल्यो तयारी



अ+ अ-

काठमाडौँ । विज्ञापन बोर्डले टेलिभिजन रेटिङ प्वाइन्ट (टिआरपी) निकाल्नेबारे तयारी थालेको छ ।

बोर्डले टेलिभिजनहरुको भ्युवरसिप निकाल्ने र सोहि आधारमा टेलिभिजनहरुमा विज्ञापन दिनेगरी तयारी थालेको हो । नेपालमा अहिलेसम्म टेलिभिजन रियल टाइममा कति मान्छेले हेरिरहेका छन् भनेर तथ्यांक निकाल्न सकेको छैन । टेलिभिजनको टिआरपीको आधारमा विज्ञापन प्राप्त हुने अन्तर्राष्ट्रिय अभ्यसाको शुरुवात गर्न छलफल चलाइएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बताउनु भयो । टेलिभिजनको लोकप्रियता र टेलिभिजनबाट प्रशारण हुने कार्यक्रमको लोकप्रियताको आधारमा विज्ञापन बाँडफाँड गर्नको लागि छलफल अघि बढाइएको अध्यक्ष हुमागाईंले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा टेलिभिजन रियल टाईममा कति मान्छेले हेरिराखेका छन् ?कुन टेलिभिजन कति लोकप्रिय छ ? र टेलिभिजनभित्रको पनि कुन कार्यक्रम कति लोकप्रिय छ ? भनेर अहिलेसम्म हामीले डाटा निकाल्न सकेका छैनौं । संसारभरि टेलिभिजनहरुको भ्युवरसिप निकाल्ने तथा टेलिभिजन रेटिङ पोइन्ट ९टिआरपी० निकाल्ने गरिन्छ । त्यो आधारमा टेलिभिजनहरुमा विज्ञापन प्राप्त हुने, र विज्ञापन पनि कार्यक्रमको लोकप्रियताको आधारमा मापन गरिन्छ । त्यसैले हामीले नेपालमा पनि टेलिभिजनहरुको रेटिङ निकाल्नुपर्छ भनेर हामीले छलफल चलाएका हौं । सम्भवतः यो छलफलले मद्दत पुग्छ भन्ने हामीले विश्वास लिएका छौैं । ’

यस छलफलले टेलिजिनहरुको टिआरपी निकाल्ने र सोही आधारमा विज्ञापन दिन सहजता प्रदान गर्ने उहाँको विश्वास छ ।