२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानलाई खानेपानी माग्दै मन्त्रालय पुगे हर्क साम्पाङ



अ+ अ-

काठमाडौं । सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको गरेको भन्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका मेयर हर्क सम्पाङ सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा पुगेका छन् ।

रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने तयारी गरेका सम्पाङ खानेपानी मन्त्रालयभित्र गाग्रीविनै पुगेका छन् । गाग्रीसहित सिंहदरबार भित्रप्रवेश गर्न नपाइने भएकोले उनलाई सुरक्षाकर्मीले गाग्रीविनै प्रवेश गराएका हुन् ।

उनले यसअघि भानुचोकमा रितो गाग्री बोकेर प्रदर्शन गरेका थिए । खानेपानीको अभाव झेल्दै आएका धराने जनतालाई खानेपानीको दीर्घकालीन व्यवस्था गर्नुपर्ने भन्दै उनी दबाब दिन रित्तो गाग्री बोकेर सोमबार काठमाडौं आएका थिए ।

उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम रहेको छ ।