८ माघ २०८१, मंगलवार
,
Latest
जाडोको सहाराको अझै आश पाल्दै दलित बस्ती सैफलाई आज लीलावती अस्पतालबाट डिस्चार्ज गरिने, आक्रमण भएको घरमा बस्ने छैनन् एमाले सांसद बास्कोटाको प्रश्नः संविधानको व्यवस्था बमोजिम आएको अध्यादेश अलोकतान्त्रिक कसरी हुन्छ ? बाँकेको राप्ती नदीमा गोही गणना सुरु लेखा समिति सभापति पोखरेलको पुनः राजीनामा माग क्यानको कारबाहीमा परे सन्दीप प्रधानमन्त्रीबाट सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ संसद्को हिउँदे अधिवेशनः कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्यको प्रतिबद्धता पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य आजबाट सुरु, ताप्लेजुङ र समग्र कोशी प्रदेशको पर्यटन… अमेरिकाका राष्ट्रपति ट्रम्पबारे यी रोचक कुराहरु जुन तपाईलाई थाहा नहुन सक्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्प गाजा सम्झौता कायम रहने विषयमा ‘विश्वस्त हुनुहुन्न’



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो शपथग्रहणअघि युद्धविरामका लागि गरिएको कूटनीतिको प्रशंसा गर्दै गाजामा युद्धविराम सम्झौता हुने कुरामा आफू विश्वस्त नभएको बताउनुभएको छ ।

“म विश्वस्त छैन”, ह्वाइट हाउस फर्किँदा एक पत्रकारले दुवै पक्षले युद्धविराम कायम राख्ने र सम्झौतामा अघि बढ्ने बारे सोध्दा उहाँले भन्नुभयो, “यो हाम्रो युद्ध होइनस यो उनीहरूको युद्ध हो । तर म विश्वस्त छैन ।”

तथापि ट्रम्पले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको अभूतपूर्व आक्रमणबाट सुरु भएको युद्धमा हमास ‘कमजोर’ भएको विश्वास गरेको बताउनुभयो । “मैले गाजाको एउटा तस्विर हेरेँ”, उहाँले भन्नुभयो, “गाजा एक विशाल विध्वंस स्थल जस्तै छ ।”

सम्पत्ति व्यवसायीबाट लोकप्रिय राजनीतिज्ञ बन्नुभएका ट्रम्पले योजना अघि बढेमा गाजाले एक ‘अद्भुत’ पुनर्निर्माण देख्नसक्ने बताउनुभयो ।

“यो समुद्र किनारमा रहेको एक अद्भुत स्थान हो – उत्कृष्ट मौसम । तपाईंलाई थाहा छ, सबै कुरा राम्रो छ । यो जस्तो, केही सुन्दर कुराहरू त्यहाँ गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

इजरायल र हमासले आइतबार बन्दी र कैदीहरूको आदान–प्रदान समावेश भएको युद्धविराम सम्झौता कार्यान्वयन गर्न थालेका छन् ।

यो योजना सुरुमा तत्कालीन राष्ट्रपति जो बाइडेनले मे महिनामा प्रस्तुत गर्नुभएको थियो र बाइडेन तथा ट्रम्पका दूतहरूको असामान्य संयुक्त कूटनीति पछि यसलाई अघि बढाइएको थियो ।

सम्झौताका लागि दबाब दिँदै ट्रम्पले इजरायललाई दृढतापूर्वक समर्थन गर्ने पनि स्पष्ट पार्नुभएको छ ।

आफ्नो पहिलो कार्यहरू मध्ये एकमा उहाँले प्यालेस्टिनीहरू विरुद्धको आक्रमणलाई लिएर बाइडेन प्रशासनले वेस्ट ब्याङ्कमा कट्टरपन्थी इजरायली बसोबास गर्नेहरूमाथि लगाएको प्रतिबन्धहरू खारेज गर्नुभयो ।