९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनमा, कांग्रेस महामन्त्री गगनकुमार थापाले गरे उद्घाटन (भिडियोसहित)



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं.३० ले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गरेको छ । मंगवार काठमाडौं महानगरपालिका वडा नं.३०ले स्थापना गरेको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गर्नुभएको हो ।

ज्ञानेश्वरमा प्रवद्र्धन केन्द्र उद्घाटन गर्नुहुँदै पूर्व स्वास्थ्य मन्त्री थापाले आफु स्वास्थ्य मन्त्री रहेका बेलामा काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकामा नागरिकलाई सेवा दिने उद्देश्यले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गर्ने काम अघि बढेको बताउनुभयो । आफु सरकारसँग बाहिरिएसँगै सो काम अलपत्र परेको उल्लेख गर्दै उहाँले हाल आफ्नै सक्रियता र स्थानीय जनप्रतिनिधिहरु समेतको सक्रियतामा केन्द्र सञ्चालन गर्न सफल भएको बताउनुभयो ।

यस केन्द्रले वडाबासीहरुको स्वास्थ्य सँग सम्बन्धित सबै विषयहरुको विवरण राख्ने, स्वास्थ्य परिक्षण गर्ने, विभिन्न रोगहरु लाग्नै नदिन जनचेतना फैलाउने र सहुलियतमा औषधिहरुको व्यवस्था गर्ने उहाँले जानकारी दिनुभयो । यस्ता केन्द्र प्रत्येक वडामा हुनुपर्ने उहाँले जोड दिनुभयो ।

उहाँले आगामी दिनमा फिजियोथेरापी सेवा पनि सुरु गर्ने उल्लेख गर्नुभयो । केन्द्रले जनस्वास्थ्य प्रमुखको निगरानीमा स्वास्थ्यकर्मीहरुले वडाभित्रको सम्पूर्ण घरमा गएर स्वास्थ्य सम्बन्धी अनुगमन गर्ने बताएको छ । वडामा कुन रोगको समस्या छ सो समस्या समाधानका लागि सेवा सुविधा दिइने जनाइएको छ ।