३० श्रावण २०८३, शनिबार
,
Latest
लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित) अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छः डा. शशांक कोईराला गगन र विश्वप्रकाशलाई दीपक खड्काले भनेः जनताबाट अस्वीकृत हुनुभयो, केको लागि रडाको गरेको ? काँग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावाद अन्त्य हुनुपर्छः नेता चौधरी ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री निशा मेहता पोखरामा ६ करोडका सुविधासम्पन्न लक्जरियस बस भित्रिए, बसभित्रै चिया–कफी र शौचालयको सुविधा पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश



फाईल फोटो
अ+ अ-

काठमाडौँ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

सोमबार न्यायाधीश ठाकुर प्रसाद खरेलले उनीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।

यसअघि थुनछेक बहसमा सरकारी वकिल, जाहेरवालाका तर्फबाट सुरेन्द्र भण्डारी र जोशीका तर्फबाट शम्भु थापा, सतिशकृष्ण खरेल, अपूर्व खतिवडा र रोचक रेग्मीले बहस गरेका थिए ।

जोशीमाथि ५ करोड ७८ लाख ९६ हजार चार सय ८० रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो। जोशी धरौटी बुझाएर रिहा भइसकेका छन् ।

यसअघि सोहि सहकारीको रकम अपचलन आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि ६० लाख धरौटी बुझाएर रिहा भएका थिए ।