२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बिग बोस–१८’ को विजेता बने करण वीर मेहरा



अ+ अ-

एजेन्सी । टिभी अभिनेता करण वीर मेहरा ‘बिग बोस–१८’ को विजेता बनेका छन् । करणले बिग बोस ट्रफीसँगै ५० लाख नगद पनि पाएका छन् । गत वर्ष नै करणले ‘खतरों के खिलाडी–१४’ को उपाधि पनि जितेका थिए ।

दिल्लीमा जन्मेका करणले टिभी शो, वेब सिरिज र फिल्ममा काम गरेका छन् । २००५ मा सुरु भएको उनको अभिनय करियर अहिलेसम्म पनि जारी छ ।

तर, करणको व्यक्तिगत जीवन उथलपुथलले भरिएको थियो । दुई पटक विवाह गरिसकेका करण अहिले अविवाहित छन् । करणको सन् २००६ मा भयानक दुर्घटना भएको थियो । यही क्रममा उनी रक्सीको लतमा परे र डिप्रेसनमा समेत गए ।

करणको जन्म २८ डिसेम्बर १९७७ मा दिल्लीमा भएको थियो । हजुरआमाको सल्लाहमा उनले आफ्नो नाममा दिवंगत हजुरबुवाको नाम वीर राखेका थिए ।

करणले मसुरीको बोर्डिङ स्कुलमा १० कक्षासम्म पढेका थिए । त्यसपछि उनले दिल्लीको एक विद्यालयमा आफ्नो थप अध्ययन गरे । स्कुलको पढाइ पूरा गरेपछि उनले दिल्ली कलेज अफ आर्ट्स एण्ड कमर्सबाट स्नातक गरे ।

करणले सन् २००९ मा बाल्यकालकी प्रेमिका देविका मेहरासँग विवाह गरेका थिए । तर, सन् २०१८ मा दुवैको सम्बन्धविच्छेद भयो ।

देविकासँग सम्बन्धविच्छेद गरेपछि करणले २०२१ मा निधि सेठसँग विवाह गरे । तर उनीहरुको सम्बन्ध पनि लामो समय टिक्न सकेन र २०२३ मा उनीहरु अलग भए ।