७ माघ २०८१, सोमबार
,
Latest
माघ दोस्रो साता अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा सम्मेलन राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारीको जिम्मेवारीमा डा. भुसाल अतिक्रमण भएका जग्गाको लालपुर्जा नबाँडियोस् नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा छ : प्रधानमन्त्री संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाउन सिफारिस संसद् बोलाउनेबारे प्रधानमन्त्री र सभामुख परामर्शमा मन्त्रीहरु औपचारिक कार्यक्रममा अल्झिँदा विधेयक माथिको छलफल सुस्त लखनउ सुपर जायन्ट्सको कप्तानमा ऋषभ पन्त गढीमाई मन्दिर तोडफोड गर्नेलाई कारबाही गर्न माग शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधारः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बिग बोस–१८’ को विजेता बने करण वीर मेहरा



अ+ अ-

एजेन्सी । टिभी अभिनेता करण वीर मेहरा ‘बिग बोस–१८’ को विजेता बनेका छन् । करणले बिग बोस ट्रफीसँगै ५० लाख नगद पनि पाएका छन् । गत वर्ष नै करणले ‘खतरों के खिलाडी–१४’ को उपाधि पनि जितेका थिए ।

दिल्लीमा जन्मेका करणले टिभी शो, वेब सिरिज र फिल्ममा काम गरेका छन् । २००५ मा सुरु भएको उनको अभिनय करियर अहिलेसम्म पनि जारी छ ।

तर, करणको व्यक्तिगत जीवन उथलपुथलले भरिएको थियो । दुई पटक विवाह गरिसकेका करण अहिले अविवाहित छन् । करणको सन् २००६ मा भयानक दुर्घटना भएको थियो । यही क्रममा उनी रक्सीको लतमा परे र डिप्रेसनमा समेत गए ।

करणको जन्म २८ डिसेम्बर १९७७ मा दिल्लीमा भएको थियो । हजुरआमाको सल्लाहमा उनले आफ्नो नाममा दिवंगत हजुरबुवाको नाम वीर राखेका थिए ।

करणले मसुरीको बोर्डिङ स्कुलमा १० कक्षासम्म पढेका थिए । त्यसपछि उनले दिल्लीको एक विद्यालयमा आफ्नो थप अध्ययन गरे । स्कुलको पढाइ पूरा गरेपछि उनले दिल्ली कलेज अफ आर्ट्स एण्ड कमर्सबाट स्नातक गरे ।

करणले सन् २००९ मा बाल्यकालकी प्रेमिका देविका मेहरासँग विवाह गरेका थिए । तर, सन् २०१८ मा दुवैको सम्बन्धविच्छेद भयो ।

देविकासँग सम्बन्धविच्छेद गरेपछि करणले २०२१ मा निधि सेठसँग विवाह गरे । तर उनीहरुको सम्बन्ध पनि लामो समय टिक्न सकेन र २०२३ मा उनीहरु अलग भए ।