२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुन १० गतेदेखि १७ गतेसम्म ‘स्वयम्भू महोत्सव’ हुने



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी फागुन १० गतेदेखि १७ गतेसम्म ‘स्वयम्भू महोत्सव’ आयोजना गर्ने भएको छ ।

कामपा वडा नं १५ ले स्थानीय व्यक्ति, समुदाय, संघसंस्था तथा साझेदारहरुसँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो ।

स्थानीयसँग प्रतिक्रिया लिन तथा सहभागिता सुनिश्चित गर्न महोत्सव आयोजना गर्न लागेको बताउदै वडाध्यक्ष डंगोलले ईश्वरमान डंगोलले भने, ‘वडामा भएका प्राचीन धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा सामाजिक मठ मन्दिर, चैत्य, गुम्बासहितका मूर्त सम्पदा तथा संस्कृति र परम्परा जस्ता विविधतायुक्त अमूर्त सम्पदाले सजिएको वडालाई सद्भावपूर्ण पहिचानको प्रवर्धन गर्न महोत्सव आयोजना गर्न लागिएको हो । वडाले नेतृत्व लिएर थालेको कामबाट पहिचान र समृद्धिका कोणबाट दिगो लाभ प्राप्त गर्न व्यक्ति, समुदाय, निजी तथा सामाजिक क्षेत्र सबैको सहभागिताको अपेक्षा गरेका छौँ ।’

महोत्सव भुइँखेल चौरमा हुनेछ । भगवान पाउनको धर्मचक्र पार्कमा प्रदर्शनी र वडा स्तरीय विपद व्यवस्थापन, खोज उद्धार तथा पुनःस्थापना प्रदर्शनी हुनेछ ।