६ माघ २०८१, आईतवार
,
Latest
सभापति कपको उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा भिड्ने दुर्घटनामा एकै परिवारका तीन जना घाइते खानेपानीको समस्या अन्त्य गराएरै छाड्ने छु: मन्त्री यादव योग गुरु रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पुर्जी सपथ लिनुअघि ट्रम्पले ल्याए आफ्नै क्रिप्टोकरेन्सी मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छ : अर्थमन्त्री पौडेल सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग कार्यान्वयनका लागि महासंघको आग्रह अदालतको आदेश: राष्ट्रिय परिचयपत्र लागू गर्ने बाटो खुला राष्ट्रिय परिचयपत्र विरुद्धको रिट खारेज सकिएन छविलाल जोशीको थुनछेक बहस, प्रहरीको जिम्मा लगाउने आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको भौतिक आक्रमणको बिरोधमा कालोपट्टी बाँधेर प्रदर्शन



अ+ अ-

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको बिरुद्धमा कालोपट्टी बाँधेर कानून व्यवसायीहरुले बिरोध जनाएका छन् ।

आईतवार नेपाल बार एशोसिएशनको परिसरमा कानून व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर बिरोध जनाएका हुन् ।

सर्वोच्च अदालत बार एशोसिएशनको आह्वानमा बारका सदस्यहरुले हातमा कालोपट्टी बाँधेर बिरोध जनाए । काठमाडौं जिल्ला अदालमा सहकारी ठगी प्रकरणबारे बहस गरेर बाहिर निस्किने क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण भएको थियो । सोही विषयमा कानून व्यवसायीहरुले कानून व्यवसायीहरुको सुरक्षाको सुनिश्चितता प्रत्याभुति गर्न दबाब स्वरुप बिरोध गरेका हुन् ।

बिरोध कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले मुद्दाको बहस सकेर फर्किने क्रममा अदालत परिसरमै कानून व्यवसायीहरुमाथि आक्रमण हुनुले कानून व्यवसायी असुरक्षित रहेको प्रमाणित भएको र कानूनी दायरा फराकिलो बनाउनुपर्ने माग गर्नुभयो । लोकतन्त्रमा पेशा, व्यवसाय गर्ने अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था आएको भन्दै सरकार यसमा गम्भीर हुनुपर्ने बताउनु भयो । उसमा अदालत पनि गम्भीर हुनुपर्ने बताउनु भयो । वरिष्ठ अधिवक्ता शम्भु थापाले कानून व्यवसायीमाथि भएको कुटपिट निन्दनीय रहेको बताउनु भयो । राजनीतिक दलका कार्यकर्ता र राजनीतिक दलले पनि गम्भीर रुपले लिनुपर्ने बताउनु भयो । जमात मिलेर न्यायलाई दुत्कार्ने कोशिस न्याय प्राप्तिको लागि हिँडिरहेका कुनैपनि पक्षको लागि उचित नहुने बताउनु भयो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कर्तव्यपालनको सिलसिलामा कानून व्यवसायीमाथि आक्रमण हुनु भनेको समग्र न्यायिक प्रक्रियामाथिको आक्रमण भएको बताउनु भयो । न्यायको पवित्रतामाथिको आक्रमण गर्ने छुट कसैलाई नरहेको बताउनु भयो ।

कानून व्यवसायीहरुले वकालत गरेबापत हुने हमला भनेको न्यायिक प्रक्रियाको अवरोध र अदालतको अवहेलना भएको बताए । यस्ता किसिमका गतिविधिहरु गर्ने व्यक्तिलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने बताए । त्रिपाठीमाथिको हातपात सिंगो कानून व्यवसायीहरुमाथिको हातपात भएको बताए ।