१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

ओझेलमा सिद्धे चमेरे गुफा

ओझेलमा सिद्धे चमेरे गुफा
अ अ+ अ-

दाङ । तुलसीपुर उपमहानगरपालिका–४ मूलकोटमा अवस्थित सिद्धे चमेरे गुफा प्रचारप्रसार तथा बाटोको असुविधाका कारण ओझेलमा परेको छ । जिल्लाकै पर्यटकको राम्रो सम्भावना बोकेको भएर पनि धेरैलाई जानकारी नहुँदा अवलोकनका लागि न्यून सङ्ख्यामा पर्यटक जाने गर्दछन् ।

चारैतिर जङ्गल, पहाडको फेदमा रहेको सुन्दर प्राकृतिक गुफा देख्दा भने त्यहाँ पुग्ने जो कोही पनि मोहित हुने गर्दछन् गुफा क्षेत्र हरियाली र स्वच्छताले भरिपूर्ण छ । त्यहाँको मनमोहक दृश्यले अवलोकन गर्न पुग्ने सबैलाई लोभ्याउने गरेको छ । गुफा अवलोकन गर्न जानका लागि सडक सुविधा नहुँदा पैदल हिँडेर जानुपर्ने बाध्यता छ । गुफा तुलसीपुर बजारदेखि करिब १२ किलोमिटरको दूरीमा रहेको छ ।

करिब साढे दुई दशक पहिले पत्ता लागेको प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवद्र्धन गर्नसके बाह्य तथा आन्तरिक पर्यटकनको प्रवद्र्धन हुने स्थानीयवासीको भनाइ छ । तुलसीपुरबाट गुफा अवलोकन गर्न एक साताअघि पुग्नुभएकी व्यवसायी विमला पौडेलले गुफा देख्दा अति आनन्द आएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “लामो दूरी पैदल हिँडेर गर्यौं, धेरै थकान लागे पनि त्यहाँ पुगेपछि भने सबै थकान मेटिने रहेछ ।” गुफासम्म पुग्न सामान्य कच्ची बाटो पुगे तापनि मोटर गुड्ने सडक नहुँदा बालबच्चा, ज्येष्ठ नागरिक र अशक्त व्यक्तिहरु जान समस्या रहेको उहाँको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिका–५ की ४५ वर्षीया निरा ढुङ्गानाले चमेरी गुफाको विकासमा स्थानीय सरकारले उचित ध्यान नदिँदा अहिलेसम्म सो क्षेत्र ओझेलमा परेको बताउनुहुन्छ । प्राकृतिक रुपमा रहेको गुफाको संरक्षण र यसलाई दिगो विकास गर्नसके जिल्लाकै मुख्य पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने हुँदा यस गुफाको विकासमा ध्यान दिन स्थानीय, प्रदेश तथा सङ्घीय सरकारलाई उहाँको आग्रह छ ।

बाहिरबाट हेर्दा पहाड र त्यसभित्र अवस्थित चमेर गुफामा चमेरा बस्ने भएका कारण यसको नाम चमेरे गुफा हुन गएको जानकारहरु बताउँछन् । हाल गुफामा दैनिक रुपमा ६० देखि ७० जनासम्म सर्वसाधारण अवलोकनका लागि जाने गर्दछन् । शनिबार तथा बिदाका दिनमा भने त्यो सङ्ख्यामा केही वृद्धि हुने चमेरे गुफा संरक्षण समितिले जनाएको छ ।

यस गुफासम्म पुग्नका लागि साविकको जिल्ला विकास समिति, तुलसीपुर उपमहानगरपालिका, स्थानीय सामुदायिक वन र पर्यटन विकास कार्यालय भैरहवाको आर्थिक सहयोगमा गुफासम्म पुग्ने कच्ची बाटो, यात्रु प्रतीक्षालय, चमेना गृह तथा अन्य केही संरचनाहरु निर्माण भए पनि पछिल्ला वर्षमा कुनै निकायबाट बजेट उपलब्ध नगराउँदा गुफाको पर्याप्त विकास तथा पक्की सडक निर्माण हुन सकेको छैन । सिद्धे चेमेरे गुफा संरक्षण समितिका अध्यक्ष भूपबहादुर पुनले गुफासम्म पुग्ने बाटो निर्माण गर्नका लागि बजेटको व्यवस्था गरिदिन पटकपटक लुम्बिनी प्रदेश सरकार तथा तुलसीपुर उपमहानगरपालिकाको ध्यानाकर्षण गराउँदासमेत कुनै सुनुवाइ नभएको बताउनुहुन्छ । हाल संरक्षण समितिले चमेरे गुफा अवलोकनका लागि प्रतिव्यक्ति २० रुपैयाँ लिने गरको छ । त्यसबाट सङ्कलित रकम गुफाको विकासमा लगाउने गरिएको उहाँको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिका–४ का वडाध्यक्ष तुल्सी थापामगरले चमेरे गुफा संरक्षण र सम्वद्र्धन गर्नका लागि आफूले पहल गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “चमेरे गुफालाई आफ्नो वडाको गहनाका रुपमा लिएका छौँ । यसलाई पर्यटकीय गन्तव्य बनाउने योजना रहेको छ तर बजेट अभावका कारण पक्की सडक निर्माण गर्न सकेका छैनौँ ।” सन् २०११ मा चमेरे गुफाको प्रचारप्रसारका लागि भन्दै स्थानीय बासिन्दाले महोत्सवको पनि आयोजना गरेका थिए । त्यतिबेला धैरै सङ्ख्यामा पर्यटकले गुफाको अवलोकन गरेका थिए । सडकको उचित विकास नहुँदा पछिल्ला वर्षमा गुफाको अवलोकन आउनेको सङ्ख्या कमी आउनुका साथै यसको प्रचारप्रसारमा कमी आएको छ ।

राप्ती राजमार्गअन्तर्गत तुलसीपुर सल्यान सडकखण्डको हर्नेटीसम्म बाटो पक्की छ । हर्नेटीबाट करिब चार किलोमिटरको कच्ची साँघुरो बाटो हिँडेपछि गुफासम्म पुग्न सकिन्छ । कच्ची तथा साँघुरो बाटो हुँदा वर्षात्को समयमा यातायातका साधन चल्न नसके पनि हिउँदमासाना सवारीहरु जाने गरेका छन् । ती सवारीमा गए पनि डेढ किलोमिटर पैदल यात्रा हिँड्नुपर्ने बाध्यता छ । गुफाभित्र विभिन्न देवीदेवता, शेषनाग र बाघहरुको स्वरुप पनि देखिने भएकाले गुफाको अवलोकन गर्ने जोकोही पनि चकित पर्ने गर्दछन् । गुफाको बाहिरी भाग र भित्री भागमा ती स्वरुपहरु देख्न सकिन्छ । तीन तहमा रहेको गुफाका प्रत्येक तहका भित्तामा विभिन्न स्वरुपहरु देख्न पाइन्छ । रासस