२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सय ९५ किलो गाँजासहित पक्राउ



अ+ अ-

काठमाडौँ । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वाबाट एक सय ९५ किलो अवैध लागुऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ रमनटार बस्ने ३६ वर्षीय सुकलाल महर्जनलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले बा प्र ०३–००१ ख ३५८७ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा ‘अनलोड’ गरी परालको थुप्रोमा लुकाइछिपाइ भाग्ने क्रममा ट्रक चालक सुकलाललाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षद्वारा आज प्रकाशित प्रहरी बुलेटिनमा जनाइएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–४ बाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ एक ग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय प्रचण्डबहादुर थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले निजलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारबाट चरेश जस्तो देखिने दुई किलो ९६ ग्रामको पदार्थसहित जाजरकोट जुनिजाँदे गाउँपालिका–५ मैफ बस्ने १९ वर्षीय कृष्ण थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै, कैलालीको गोदावरी नगरपालिका–१ बाट अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ ७३ ग्रामसहित बैतडी पाटन नगरपालिका–८ घर भएका २९ वर्षीय जग्दिश भट्टलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले शङ्का लागि निजको पसल खोजतलासी गर्दा उक्त पदार्थ फेला पारेको थियो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–१ पार्क मोडबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ एक सय ९० मिलिग्रामसहित दुई जनालाई प्रहरीले गतराति पक्राउ गरेको छ । सोही ठाउँका २२ वर्षीय अभिषेक बसुवा र गौरीगङ्गा नगरपालिका–१ का २२ वर्षीय विष्णु गुरूङ पक्राउ परेका प्रहरीद्वारा प्रकाशित प्रहरी बुलेटिनमा जनाइएको छ । रासस