११ भाद्र २०८३, बिहीबार Thursday, August 27, 2026
११ भाद्र २०८३, बिहीबार
ताजा खबर
Bizline Nepal बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग Bizline Nepal बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग Bizline Nepal कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने Bizline Nepal वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष Bizline Nepal भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला Bizline Nepal पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” Bizline Nepal बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ Bizline Nepal रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग Bizline Nepal भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन Bizline Nepal भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन Bizline Nepal उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री Bizline Nepal गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा Bizline Nepal परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता Bizline Nepal बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? Bizline Nepal बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त Bizline Nepal बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह Bizline Nepal मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव Bizline Nepal पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा Bizline Nepal बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन Bizline Nepal भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

‘लाखौँ युवाको भविष्य जोडिएको त्रिभूवन विश्वविद्यालय भद्रगोल तरिकाले चलाउन हुँदैन’

अ+ अ-

काठमाडौँ । त्रिभूवन विश्वविद्यालय भद्रगोल तरिकाले चलाउन नहुनेमा सांसदहरुले जोड दिएका छन्  ।

आईतवार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसदहरुले सही ढंगबाट कानून बनाए कार्यान्वयन गरेको खण्डमा विश्वविद्यलाय सुधार हुन समय नलाग्ने बताए । उनीहरुले लाखौँ युवाहरुको भविष्य जोडिएको संस्थालाई भद्रगोल बनाउन नहुने सुझाव दिएका छन् ।

समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले त्रिभूवन विश्वविद्यालयमा विद्यार्थी संगठित भएर राजनीति बढी गरेको कुरालाई सही ढंगबाट कानून बनाएर नियमन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले शिक्षाको मुहान भद्रगोल तरिकाबाट चल्नु नहुने बताउनु भयो । समितिले आवश्यक सुधारका लागि सरकारलाई निर्देशन दिन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘त्रिभूवन विश्वविद्यालयमा विद्यार्थी संगठित भएर राजनीति बढी भयो भन्ने खालको जुन कुराहरु आइरहन्छ । वास्तवमा ठिक ढंगले नियम, कानून बनाएर, नियम कानूनलाई ठिक ढंगले कार्यान्वयन गरेपछि त ति संगठनहरु पनि जन्मिन आवश्यक हुँदैन थियो होला । यत्रो शिक्षाको मुहान, शिखर भएको संस्था भद्रगोल पाराले चल्नु र आजसम्मका सरकारहरुले पनि मसिनो गरी नियन्त्रण, अनुगमन नगर्नु प्रमुख कारण हो । कहाँ कहाँ केके सुधार गर्न आवश्यक छ भन्ने सुझाव दिनुपर्छ ।’

समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य रुक्मिणी कोईरालाले देशका लाखौँ युवाहरुको भविष्यसँग जोडिएको त्रिभूवन विश्वविद्यालयलाई सही तरिकाबाट सञ्चालन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले विश्वविद्यालयको प्रत्यायोजित विधायन सन्तोषजनक नरहेको र यसो हुनुमा विश्वविद्यालय सञ्चालक समितिको गल्ती रहेको महशुस आफूले गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘त्रिभूवन विश्वविद्यालय भनेको देशकै आशालाग्दो, भरोसालाग्दो युवाहरु विद्यार्थीको भविष्यको कुरा जोडिएको छ । यसमा हामी अभिभावकहरु पनि जोडिएका छौँ । अभिभावकहरुले पनि खाइ नखाइ छोराछोरी पढाइरहेको हुन्छ । तर यहाँभित्रको अवस्था बुझ्दा सबै आफ्नै तरिकाले क्याम्पस सञ्चालक समितिले गरेको जस्तो मलाई महशुस हुन्छ ।’

समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ तत्काल पुनःलेखन गर्नुपर्ने बताउनु भयो । उहाँले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को पुनःलेखनका लागि सरकारलाई समितिले निर्देशन दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले यो समितिबाट र राष्ट्रिय सभाबाट तुरुन्त यो ऐनलाई परिमार्जन गर्ने, संशोधन मात्रै होइन, पुनःलेखन गर्ने प्रक्रियामा अघि बढाउन नेपाल सरकारलाई सुझाव दिनुपर्छ । नेपाल सरकारलाई निर्देशन दिनुपर्ने देखिन्छ ।’

समितिको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले त्रिभूवन विश्वविद्यालय नेपालको शिक्षाको मेरुदण्ड भएको बताउनु भयो । उहाँले प्राज्ञिक व्यक्तिहरु भएको ठाउँमा प्रत्यायोजित अधिकार हनन हुन नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘त्रिभूवन विश्वविद्यालय हाम्रो शिक्षाको मेरुदण्ड पनि हो । त्यहाँ सबैभन्दा धेरै प्राज्ञिक व्यक्तित्वहरु हुनुहुन्छ । प्रत्यायोजित अधिकार ऐनअनुसार कहाँ हनन भएको छ । कहाँ कमजोर भएको छ, नजानेर दुविधा भएको छ भन्नेकुरा औंल्याउनु पर्छ । प्रत्यायोजित अधिकार अलि बढी हनन भएको छ, यसलाई सच्याउने हाम्रो समितिको काम हो ।’

सभापति शर्माले प्रत्यायोजित अधिकारहरु हनन भएका ठाउँ पहिचान गरी सच्याउन जरुरी रहेको बताउनु भयो ।