१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

हमासले बन्धकको सूची दिन ढिलो गरेपछि युद्धविराम समयमा पनि केही ढिलाइ

हमासले बन्धकको सूची दिन ढिलो गरेपछि युद्धविराम समयमा पनि केही ढिलाइ
अ अ+ अ-

एजेन्सी । इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच गाजामा युद्धविराम ग्रिनविच समयअनुसार बिहान ६ः३० बजे सुरु हुने भनिएको युद्धविराम प्राविधिक समस्या भन्दै हमासले बन्धकहरूको सूची उपलब्ध गराउन ढिलाइ गरेपछि केही ढिलो हुने देखिएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले रिहा गरिने बन्धकहरूको सूची उपलब्ध नगराएसम्म युद्धविराम सुरु नहुने चेतावनी दिनुभएको छ ।

नेतन्याहूको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीले आईडीएफ ९सेना० लाई स्थानीय समय अनुसार बिहान ८ः३० बजे ९ग्रिनविच समय अनुसार ६ः३० बजे० देखि लागू हुने गरी तय गरिएको युद्धविराम इजरायलले रिहा गरिएका बन्धकहरूको सूची प्राप्त नगरेसम्म सुरु नहुने जानकारी गराउनुभएको छ ।”

युद्धविरामका शर्तहरूप्रति आफ्नो प्रतिबद्धतालाई पुष्टि गर्दै हमासद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पहिलो चरणमा सार्वजनिक गरिने नाम प्राविधिक कारण सार्वजनिक गर्न ढिलाइ भएको छ । समूह सम्झौता अनुसारको आफ्नो प्रतिवद्धतामा दृढ छ।”

नेतन्याहूले शनिबार राति बन्दीको सूची उपलब्ध नगराएसम्म आइतबार बन्धक बनाइएकाहरूको बदलामा प्यालेस्टिनी कैदीहरूको अदलाबदली पनि नहुने चेतावनी दिनुभएको थियो ।”

उहाँले इजरायलले अमेरिकी सहयोगमा ‘आवश्यक परेको खण्डमा’ युद्ध पुनः सुरु गर्ने अधिकार सुरक्षित राखेको र हालको युद्धविराम ‘अस्थायी’ भएको पनि बताउनुभएको थियो ।

कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा महिनौँ लामो कठिन वार्तापछि युद्धविरामका लागि इजरायल र हमासबीच सम्झौता भएको छ । सम्झौताको कार्यान्वयनमा केही ढिलाइ भएपनि प्रतिवद्धताबाट कुनै पनि पक्ष फिर्ता भइहाल्ने अवस्था भने नभएको मध्यस्थकर्ता कतारले जनाएको छ ।