२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमुख्यमन्त्रीमाथि आक्रमण गर्ने तीन जना पक्राउ



अ+ अ-

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापामाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका थापामाथि हातपात गरेको आरोपमा प्रहरीले शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठलाई पक्राउ गरेको हो । अर्को एक जना भने विद्युत् प्राधिकरणका चालक रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले बताए ।

नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको कार्यक्रमबाट घरतर्फ फर्किदै गर्दा शनिवार साँझ करिव ६ बजे पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका –२ जुकेकल्भर्ट भन्ने स्थानमा थापामाथि कुटपिट भएको थियो । बा १ झ ६५३ नं को गाडीमा आउँदै गरेका थापामाथि बा १ ञ १८७० मा सवार समूहले कुटपिट गरेको हो । विद्युत् प्राधिकरणका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको थियो ।

कुटपिटबाट घाइते भएका पूर्व मुख्यमन्त्री थापा बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारपछि आफ्नो निवासमा फर्किएका छन् ।