१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न रु ६२ खर्ब लगानी आवश्यक पर्ने



अ+ अ-

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न रु ६२ खर्ब लगानी आवश्यक पर्ने बताउनुभएको छ ।

इप्पानाको आज यहाँ आयोजित रजत जयन्ती समारोहमा उहाँले विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न रु ६२ खर्ब लगानी आवश्यक पर्नेमा रु ४० खर्ब स्वदेशमा रहने प्रक्षेपण गरिएको जानकारी दिनुभयो ।

ऊर्जा क्षेत्रबाट वार्षिक सात लाख रोजगारी सृजना हुने जनाउँदै कार्कीले यसले मुलुकको अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो । उहाँका अनुसार नेपालको कुल विद्युत् उत्पादन क्षमता तीन हजार पाँच सय मेगावाट पुग्दा निजी क्षेत्रबाट मात्रै २५ वर्षको अवधिमा दुई हजार सात सय ४० मेगावाट विद्युत् उत्पादन भइसकेको छ ।

कार्यक्रममा दिइएको जानकारी अनुसार कुल उत्पादनमा निजी क्षेत्रको योगदान करिब ८० प्रतिशतभन्दा बढी रहेको छ । चार हजार मेगावाट क्षमताका आयोजना निर्माणाधीन रहँदा चार हजार तीन सय मेगावाट क्षमताका आयोजना खरिद बिक्री सम्झौता (पिपीए) सम्पन्न गरेर वित्तीय व्यवस्थापनको पर्खाइमा छन् भने १२ हजार नौ सय ६५ मेगावाट क्षमताका आयोजना अध्ययन सकेर पिपीएको पर्खाइमा रहेका इपपानले जनाएको छ । यीमध्ये पनि ८० प्रतिशतभन्दा बढी आयोजना निजी क्षेत्रले विकास गरिरहेका छन् ।

मन्त्रिपरिषद्बाट स्वीकृत भएको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ ले २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने र मार्गचित्रमा १३ हजार पाँच सय मेगावाट विद्युत् नेपाला खपत गर्ने लक्ष्य राखिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । त्यसबाहेक बढी भएको विद्युत् मात्र छिमेकी मुलुकमा निर्यात गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो । रासस