१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

माधव नेपालको प्रश्नः संविधान संशोधन गर्ने भनेर ०८७ सम्म ओलीलाई सरकारमा टिकाइदिनुपर्ने?

माधव नेपालको प्रश्नः संविधान संशोधन गर्ने भनेर ०८७ सम्म ओलीलाई सरकारमा टिकाइदिनुपर्ने?
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनअपेक्षा पूरा गर्न नसकेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा विपक्षी दलहरुको पत्रकार सम्मेलनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनतालाई सुशासन, रोजगारी दिन र उत्पादन बढाउन अहिलेको सरकारले नसकेको बताउनु भयो । उहाँले सरकार असफल भएको भन्दै सरकारका क्रियाकलापहरु पनि सन्तोषजनक नरहेको बताउनु भयो । उहाँले अहिलेको सरकारले संविधानलाई पूर्ण रुपमा बेवास्ता गरेको बताउनु भयो । उहाँले संविधान संशोधन गर्न भनेर ०८७ सम्म अहिलेका प्रधानमन्त्रीलाई टिकाइदिनुपर्ने ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वास्तवमा यो सरकारले जन अपेक्षाहरु पूरा गर्न सकेको छैन । यो सरकार जनतालाई सुशासन दिन सकेको छैन, रोजगारी प्रवद्र्धन गर्न सकेको छैन, उत्पादन बढाउन सकेको छैन । समाजमा सकारात्मक सन्देश दिन सकेको छैन । त्यसैले यो सरकार असफल छ । अहिले सरकारको काम र क्रियाकलाप सन्तोषजनक छैन । सबै क्षेत्रमा यसको काम अत्यन्तै अलोकतान्त्रिक छ । संविधानलाई पूर्ण रुपमा बेवास्ता गरेको छ । संविधान संशोधन गर्ने जस्तो विषयमा अरु कुनै पार्टीसँग परामर्श नगरी रातारात संविधान संशोधन नगरी नहुने के थियो विषय र अहिलेसम्म किन अघि बढेन । अब ०८७ सम्म कुर्नुपर्ने । यो सरकारलाई २०८७ सम्म टिकाइराख्नुप¥यो । प्रधानमन्त्रीलाई टिकाइराख्नुपर्ने । यसको जवाफ दिनुपर्यो ।’

अध्यक्ष नेपालले सरकारका कामको आलोचना गर्नुको मतलव विकल्पमा तयार छौँ भन्ने नरहेको जिकिर गर्नुभयो । सरकारले सदनलाई बेवास्ता गरेको खण्डमा विपक्षी दलहरुले सडक संघर्ष गर्ने बताउनु भयो ।