१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

‘राज्यपक्षबाटै मानव अधिकार हनन भइरहेको छ’

‘राज्यपक्षबाटै मानव अधिकार हनन भइरहेको छ’
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको विषयमा सुनुवाई गर्न सर्वोच्चले ढिलासुस्ति गरेको भन्दै संसदीय समितिको ध्यानाकर्षण गराउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा संसदीय मामिला समितिको बैठकमा उहाँले संवैधानिक आयोगहरुको सम्बन्धम सर्वोच्च अदालतले गर्ने निर्णयहरु ठिक ढंगले नभएको भन्दै समितिको ध्यान जानुपर्ने बताउनु भयो । उहाँले सर्वोच्चले शक्ति पृथकिकरण सिद्धान्त बमोजिम संसदले बनाएको कानूनमा लामो समय नकुर्ने तर संवैधानिक आयोगका सवालमा वर्षौं कुर्नुपर्न कुरा रहस्यमय भएको बताउनु भयो । उहाँले न्याय निरुपणको कयौं प्रक्रियाहरुमा संवैधानिक आयोगसँग सम्बन्धित विषयहरुमा गाँठो किन पार्दै खोजिँदैछ ? भन्दै प्रश्न गर्नुभयो । २०७७ सालमा सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गरेर संवैधानिक आयोगहरुमा ५२ जना पदाधिकारी नियुक्ति गरेको थियो ।

यो नियुक्ति असंवैधानिक रहेको भन्दै २०७७ पुस १ गते नै सर्वोच्च अदालतमा रिट परे पनि त्यसको छिनोफानो अझै भएको छैन । जटिल संवैधानिक व्याख्या गर्नुपर्ने दायित्व बोकेको सर्वोच्च अदालतले नै मुद्दा लम्ब्याइरहेको आरोप सर्वोच्चमाथि लाग्ने गरेको छ ।
बर्तौलाले भन्नुभयो,‘संवैधानिक आयोगहरुको सम्बन्धम सर्वोच्च अदालतले गर्ने निर्णयहरु ठिक ढंगले सही समयमा गरिनुपर्छ । यस विषयमा राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीले गर्नुभएको विषयमा समितिको गम्भिर ध्यानाकर्षण भएको छ । संसदले कानून बनाउने राइट्स हो । शक्ति पृथकिकरण सिद्धान्त बमोजिम संसदले बनाएको कानूनमा न्यायपालिकामा धेरै लामो समय कुर्दैन । तत्काल अस्वीकार गर्ने, रोक्ने प्रकारको हामीले सुनिरहेका छौं । तर न्याय निरुपणको कयौं प्रक्रियाहरुमा संवैधानिक आयोगसँग सम्बन्धित विषयहरुमा गाँठो किन पार्दै खोजिँदैछ ? किन पार्न खोजिँदैछ ? समितिमा उठेको विषयलाई हामीले पनि गम्भिरता साथ ग्रहण गर्नुपर्छ । यस विषयमा म ध्यानाकर्षण गराउन चाहन्छु ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राज्यपक्षबाटै मा अधिकार हनन भइरहेको बताउनु भयो । उहाँले मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन १३ प्रतिशत मात्र हुनुले राज्य मानव अधिकार रक्षाका लागि संवेदनशील नभएको स्पष्ट भएको बताउनु भयो । उहाँले मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनका लागि हरेक प्रकारका मेकानिजमहरुको प्रयोग गर्न जरुरी रहेको बताउनु भयो । उहाँले आयोगले गरेका सिफारिसहरु सरकारले कार्यान्वयन गर्दैन भने देशको लोकतान्त्रिकरण कहिले हुन्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले देशमा विधिको शासन कायम गर्न हरेक नागरिकको मानव अकिार संरक्षण गर्नुपर्ने बताउनु भयो ।

प्रमुख सचेतक परियारले भन्नुभयो, ‘मानव अधिकार आयोगको १३ प्रतिशत सिफारिस मात्र कार्यान्वयन भएको छ । यो एकदमै डरलाग्दो कुरा हो । यो भनेको के हो भने यो राज्य मानव अधिकारको संरक्षण गर्दैन । यो राज्य नै जनताको अभिछिन्न मानव अधिकारसँग यसको संवेदनशीलता छैन भन्ने हो । अब हामीले यसको कथा मात्र भनिरहने कि यसको कार्यान्वयनतिर पनि जाने ? यसको मेकानिजम बनाउन के? मलाई एउटा कुरा यो स्पष्ट पारिदिनुप¥यो । नेशनल मेकानिजमहरुबाट हुँदैन भने हामीसँग अरु के मेकानिजमहरु छन् । त्यहाँ पनि काम गर्नुप¥यो । म देखेको सबैभन्दा बढी मान अधिकार हनन् रााज्यका संरचना र शक्तिबाटै हुने गरेको छ । यद्यपि फेरि वैद्धिक रुपमा नहुने भन्ने देखिँदैन । आयोगले गरेका सिफारिसहरु सरकारले कार्यान्वयन गर्दैन भने यो देशको लोकतान्त्रिकरण कहिले हुन्छ ? यो देशमा संविधानको राज कहिले हुन्छ ? यो देशमा विधिको शासन कहिले हुन्छ ? र यो देशका जनताले म सुरक्षित छु भनेर कहिले महशुस गर्ने ?’

नेपाली काँग्रेसका सांसद जीवन परियारले मानव अधिकारको क्षेत्र ठूलो र फराकिलो भएको कारण मानव अधिकार आयोगले मात्र काम गर्न नसक्ने धारणा राख्नुभयो । उहाँले मानव अधिकारको अवस्था हेर्नकै लागि अन्य संवैधानिक आयोगहरुको परिकल्पना गरिएको बताउनु भयो । उहाँले मानव अधिकार आयोगले उजुरीहरुको टुंगो समयमै गर्न नसक्दा समस्या भएको बताउनु भयो । उहाँले सर्वोच्च अदालत र सरकारलाई प्रश्न गर्नुपूर्व आफ्ना जिम्मेवारी पूरा गर्न मानव अधिकार आयोगलाई आग्रह समेत गर्नुभयो । उहाँले मानव अधिकार हनन भयो भनेर आएको उजुरीकर्ताले कति वर्ष पछि न्याय पाउने हो ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मानव अधिकारको क्षेत्र धेरै फराकिलो र धेरै ठूलो छ । हामीले मानव अधिकारको अवस्था मा अधिकार आयोगले मात्र हेर्न भ्याउदैन भने महिला आयोग, दलित आयोग लगायतका आयोगहरुको परिकल्पना गरेका छौं । जुन तपाईले अहिले तथ्यांक दिनुभयो यो एकदमै डरलाग्दो छ । मानव अधिकार आयोगल बाँकी ४ हजार उजुरीहरु कहिले टुंग्याउने हो । कहिलेदेखिका उजुरी हुन् यिनीहरु ? हामीले भन्न त सर्वोच्चले नि कहिलेसम्म गर्ने भन्ने कुरा उठायौं । मानव अधिकार आयोगले कहिलेसम्म गर्ने ? यसको पनि त एउटा कार्ययोजना होला नि । मानव अधिकार हनन भयो भनेर आएको उजुरीकर्ताले कति वर्ष पछि न्याय पाउने हो ? हामीले अदालतलाई त प्रश्न गरिरहेका छौँ । आयोगले चाहीँ किन यसम ढिलासुस्ति गर्यो ? के कति कारणले भयो भन्ने प्रश्न स्वभाविक रुपले उठ्छ भन्ने लाग्छ मलाई ।’

समिति बैठकमा राष्ट्रिय मानव अधिकार आयोगले गरेका कामकारबाहीका सम्बन्धमा छलफल भएको छ ।