२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.03

Wind: 1.54

Humidity: 72

Latest
काठमाडौंमा आज राप्रपा, शिक्षक र सहकारीपीडितको प्रदर्शन, कुन–कुन स्थानमा हुँदैछ ट्राफिक अबरुद्ध ? आज पनि काठमाडौं विश्वको प्रदूषित सहरको शीर्ष स्थानमा चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान ‘पोखरा–छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’ क्यान्सरपीडितको उपचारमा मर्क्यूर काठमाडौँको सहयोग निर्माणाधीन एसियाली राजमार्गको प्रदूषण नियन्त्रण गर्न माग राप्रपाले आज गर्ने प्रदर्शन सीसी क्यामेरा र ड्रोनबाट निगरानी गरिने सिड्नीको अपूर्व सफलतापछि नेपथ्य अब गोकर्णेश्वरमा आज जनआन्दोलन दिवस मनाइँदै रुपन्देहीमा भ्यान पल्टिँदा दुईको मृत्यु, २२ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

बानेश्वरमा विपक्षी दलहरूको बैठक जारी



अ+ अ-

काठमाडौं । बानेश्वरमा विपक्षी दलहरूको बैठक जारी रहेको छ । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको कार्यालयमा बैठक बसिरहेको हो ।

बैठकमा नेकपा माओवादीसहित नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी, आम जनता पार्टीका नेताहरू उपस्थित छन् ।

सरकार विरुद्ध मोर्चाबन्दीमा लागेका विपक्षी दलहरूले आजको बैठक लगत्तै पत्रकार सम्मेलन गर्दैछन् ।

बैठकमा माओवादीबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन, रास्वपाबाट कार्यबाहक सभापति डीपी आर्याल र सचेतक सन्तोष परियार, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र महासचिव बेदुराम भुसाल लगायत सहभागि छन् ।

यसअघि बुधबार पनि सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बसेको थियो । उक्त बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने र संसद् बैठक आह्वानको लागि दबाब दिने निर्णय गरेको थियो ।