४ माघ २०८१, शुक्रबार
,
Latest
विपक्षीको निशाना: बिशेष अधिबेशनको माग देखी ,आफ्नालाई जोगाउने बिपक्षीलाई फसाउने गरेको आरोप नेपालको फर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रका रुपमा विकास गर्न आवश्यकः मन्त्री भण्डारी २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य प्राप्तिका लागि तत्काल पीपीए खुला गर्नुपर्छः अध्यक्ष… काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालको विवाद समाधान ‘राज्यपक्षबाटै मानव अधिकार हनन भइरहेको छ’ बानेश्वरमा विपक्षी दलहरूको बैठक जारी हालाण्ड २०३४ सम्म सिटिमै रहने विपक्षी दलको बैठक: कार्यदलले तयार पारेको ड्राफ्टलाई अन्तिम रुप दिदै सरकारलाई मानव अधिकार आयोगले गरेका सिफारिसमध्ये १३.६७ प्रतिशत मात्रै पूर्ण कार्यान्वयन राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा नयाँ बिरुवाको प्रजाति फेला



अ+ अ-

एजेन्सी । चिनियाँ अनुसन्धानकर्ताहरूले दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा सम्भावित औषधीय मूल्य भएको नयाँ पोलिगलेसी प्रजाति पत्ता लगाएको चिनियाँ चिकित्सा तथा औषधि विज्ञानको गुआङ्सी संस्थानले जनाएको छ ।

अनुसन्धान टोलीका सदस्य नोङ युका अनुसार पोलिगलेसी स्प्याटुलाटा नामको नयाँ प्रजाति करिब ५३० मिटरको उचाइमा रहेको कास्र्ट गुफामा फेला परेको हो ।

नोङले पोलिगालेसी परिवारका बिरुवाहरू विश्वभर व्यापक रूपमा फैलिएको बताउनुभयो । केही प्रजातिहरू मलेरिया र शारीरिक कमजोरी जस्ता अवस्थाहरूको उपचार गर्न प्रयोग गरिन्छ ।

अन्वेषकहरूका अनुसार, यो खोजले कास्र्ट क्षेत्रमा पोलिगालेसी परिवारको प्रकाश पार्छ । वनस्पति जैविक विविधताको संरक्षणमा चीनको दक्षिणपश्चिमी कास्र्ट क्षेत्रको महत्त्वपूर्ण भूमिकालाई रेखांकित गर्दछ ।

आविष्कारको विवरण भर्खरै प्लान्ट वर्गीकरणसम्बन्धी अन्तर्राष्ट्रिय जर्नल फाइटोकेजमा प्रकाशित भएको थियो ।