२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिब्स र निस्ट सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ।  रिब्स र निस्ट, भक्तपुर चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुद्धनगरस्थित आयोजक केएमसी स्कुलको कोर्टमा रिब्सले केएमसी ‘ए’ लाई १८–११ ले पराजित ग¥यो । निस्टको जितमा निमिशा धामी र विदिशा पराजुलीले समान ५–५ अंक योगदान गरे । संस्कृति पौडेलको १४ अंक सहयोगमा निस्टले केयर इङलिसलाई ३२–१२ ले सहजै हरायो ।

काठमाडौं शिक्षालय र डिफेन्डिङ च्याम्पियन एनसीसीएसले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्। सिनियर ब्वाइजमा विल्सन एकेडेमीले सनसाइनलाई ७५–२३, एम्बासडरले भीएस निकेतनलाई ४३–२७ र केएमसी ‘ए’ ले गोदवरी रेसिडेन्सियललाई ४७–१४ ले पाखा लगाउदै क्वाटरफाइनलमा पुगे ।

विल्सनका अनुप मगरले २४, एम्बासडरका विसन खड्काले १८ र केएमसी ‘ए’ स्वीकार श्रेष्ठले २३ स्कोर गरे । एन्जल्स लर्ड पनि मार्वलसबाट वाक ओभर पाउदै क्वाटरफाइनलमा पुग्न सफल भयो ।

जुनियर ब्वाइजमा जनप्रेमीले काठमाडौं शिक्षालयलाई १०–९ तथा काठमाडौं इङलिस स्कुल (केइएस) ले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई २२–६ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान पक्का गरे । जनप्रेमीका सुमित थापाले ५ तथा केइएसका आयुश तिमल्सिनाले १० अंक जोडे ।