१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिब्स र निस्ट सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ।  रिब्स र निस्ट, भक्तपुर चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुद्धनगरस्थित आयोजक केएमसी स्कुलको कोर्टमा रिब्सले केएमसी ‘ए’ लाई १८–११ ले पराजित ग¥यो । निस्टको जितमा निमिशा धामी र विदिशा पराजुलीले समान ५–५ अंक योगदान गरे । संस्कृति पौडेलको १४ अंक सहयोगमा निस्टले केयर इङलिसलाई ३२–१२ ले सहजै हरायो ।

काठमाडौं शिक्षालय र डिफेन्डिङ च्याम्पियन एनसीसीएसले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्। सिनियर ब्वाइजमा विल्सन एकेडेमीले सनसाइनलाई ७५–२३, एम्बासडरले भीएस निकेतनलाई ४३–२७ र केएमसी ‘ए’ ले गोदवरी रेसिडेन्सियललाई ४७–१४ ले पाखा लगाउदै क्वाटरफाइनलमा पुगे ।

विल्सनका अनुप मगरले २४, एम्बासडरका विसन खड्काले १८ र केएमसी ‘ए’ स्वीकार श्रेष्ठले २३ स्कोर गरे । एन्जल्स लर्ड पनि मार्वलसबाट वाक ओभर पाउदै क्वाटरफाइनलमा पुग्न सफल भयो ।

जुनियर ब्वाइजमा जनप्रेमीले काठमाडौं शिक्षालयलाई १०–९ तथा काठमाडौं इङलिस स्कुल (केइएस) ले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई २२–६ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान पक्का गरे । जनप्रेमीका सुमित थापाले ५ तथा केइएसका आयुश तिमल्सिनाले १० अंक जोडे ।