३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक

भारतमा कोरोना संक्रमित ५७ लाख, ९१ हजार १४९ को मृत्यु

भारतमा कोरोना संक्रमित ५७ लाख, ९१ हजार १४९ को मृत्यु
अ+ अ-

नयाँदिल्ली । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५७ लाख ३२ हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा ८६ हजार ५०८ जना नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा एक हजार १२९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ९१ हजार १४९ जना पुगेको छ । 

भारतमा हाल ९ लाख ६६ हजार सक्रिय संक्रमित छन् भने ४६ लाख ७४ हजार ९८८ जना निको भएर डिस्चार्ज भइसकेका छन् । 

भारतीय राज्य महाराष्ट्र सबैभन्दा प्रभावित रहेको छ । त्यहाँ हालसम्म २ लाख ७४ हजार सक्रिय संक्रमित छन् भने ९ लाख ५७ हजार निको भएकार छन् । यहाँ ३३ हजार ८८६ जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ । 

कर्नाटका राज्यमा हाल करिब ९५ हजार व्यक्ति सक्रिय संक्रमित छन् भने ४ लाख ३८ हजार निको भएर डिस्चार्ज भइसकेका छन् । यहाँ ८ हजार २६६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

अर्कोतर्फ आन्ध्र प्रदेश तेस्रो सर्वाधिक प्रभावित राज्य बनेको छ । यहाँ हाल ७० हजार मानिस सक्रिय संक्रमित अवस्थामा छन् भने ५ हजार ५०७ जनाको मृत्यु भइसकेको छ । राज्यमा ५ लाख ७० हजार मानिस निको भएर घर फर्किएका छन् । 

यसैबीच, भारतीय स्वास्थ्य अनुसन्धान परिषद ९आइसिएमआर० ले सेप्टेम्बर २३ तारिखसम्म कूल ६ करोड ७४ लाख ३६ हजारको परीक्षण गरिएको जनाएको छ । पछिल्लो एक दिनमा मात्र ११ लाख ५६ हजारको स्वास्थ्य परीक्षण गरिएको थियो । 

मन्त्रालयका अनुसार कोरोनाभाइरस संक्रमितहरुको निको हुने दर पाँचौं दिनसम्म लगातार वृद्धि भइरहेको छ ।