२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले नेता सूर्य थापाले रास्वपा नेता झालाई भने– तपाईंको खोक्रो बकवास उदांगियो



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाप्रति आक्रोस व्यक्त गरेका छन् ।

काठमाडौं जिल्ला अदालतमा हिजो वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपातको घटनालाई लिएर एमाले नेता थापाले सामाजिक सञ्जालमार्फत् रास्वपाका नेता झालाई प्रश्नसमेत गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्–
प्रिय साथी माननीय मनिष झाजी
संग्रामी अभिवादन !
तपाईं शालीन, भद्र, तर्कशील र तथ्ययुक्त समझदार व्यक्ति हुनुहुन्थ्यो, सायद अझै र अहिले पनि हुनुहोला नै !

राजनीतिक प्रतिशोधको यहाँहरूको हावादारी बेलुनको हावा बबरमहलस्थित काठमाडौं जिल्ला अदालतको परिसरमा पुगेर फुस्स हुनपुगेको अवगत नै भएको होला । सम्मानित अदालतलाई स्वतन्त्रता र निर्भिकतापूर्वक काम गर्न अवरोध गरेर यहाँहरूले कात्तिक ३ गते देखि नै दुनियाँलाई आश्चर्यचकित र लज्जित तुल्याउनु भएकै छ ।

को रास्वपाको चौअन्नी हो कि होइन ? यसमा दुनियाँलाई छु मतलब ? खासमा त्यो भिजिलान्ते जत्था रास्वपा र अभियुक्त रवी लामिछानेको भजनमण्डलीका रूपमा त्यहाँ तैनाथ थियो, जसले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि योजनाबद्द आक्रमणमा उत्रिएको तथ्य घामजत्तिकै छर्लङ्ग छ । सहकारी पीडितका तर्फबाट इजलासमा बहस गरेका कानुन व्यवसायीमाथि यसढंगको असहिष्णुता र अपराधिक हमलाले यहाँहरूको मुहारमा कलंकको कालो पोतिएको छ । उल्टै यहाँले जारी गरेको वक्तव्यमा एक मधेसीमूलका बौद्धिक व्यवसायीमाथि भएको ज्यादतीमा अर्को मधेसी मूलकै विधायकले तथ्यको ढाकछोप गर्न र बारदातमा संलग्नता लुकाउन गरेको अनुचित कोसिस देख्दा तपाईंहरूको ‘नयाँ र जान्ने’ भन्ने दावीसमेत खोक्रो बकवास रहेको तथ्य उदांगो भएको छ ।

तपाईंको पार्टीद्वारा परिचालित भइरहेको भेंडा जमातले सोसल मिडिया त प्रदुषित गरेकै छ, जसले अश्लील, छाडा र यहाँ लेख्नसम्म नसकिने शब्दमा गालीगलौज गरेर संसदीय समितिका सभापति, वकिल, पत्रकार, यतिसम्मकी न्यायाधीशलाई सम्म प्रशंसा र गाली दुबै गरिरहेको छ ।

आफ्नै जत्थाले गरेको कुकर्म र अपराधमा यति निरीहता प्रदर्शन गरेर वक्तव्य दिनुपर्ने दु:ख किन बेसाउनुभएको होला ? सहकारीका पीडकको पक्षमा बहस गर्न आफैले सरकारलाई कार्यान्वयन गर्न निर्णय गरेको प्रतिवेदनको सिफारिसविपरीत सांसदको लोगो कालो कोटमा टाँसेर अदालतको इजलासमा पुग्ने माननीय महोदय रहेको समूहबाट कस्तो नैतिकता र आचारसंहिताको अपेक्षा गर्ने ?

ठोकेर भन्न सकिन्छ– दिनेश त्रिपाठीमाथिको आक्रमण सहकारी ठगहरूले गरेको हो । तिनलाई पीडितको पक्षमा बोल्ने, लेख्ने र बहसपैरवी गर्ने जोकोही व्यक्ति सैह्य छैनन् ।

तपाईंको नजिकै आडमा बसेर संप्रेषण गरिरहेका यूटुबर, पेज र अन्य परिचालित मिडियामा पनि तथ्य स्पष्टै छ ।

आगे यहाँको मर्जी ।