२ माघ २०८१, बुधबार
,
Latest
गाजा युद्धविराम सम्झौताको ‘अन्तिम चरणको तयारी’ जारी पोखरा स्वास्थ्य विज्ञानको पहिलो दीक्षान्त बिहीबार हुँदै रविको थुनछेक बहस सकियो, आजै आदेश आउने संसदीय समितिले कानूनको उत्तरविधायिकी परीक्षण (पिएसएल) बारे अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने पूर्व तयारीका कामलाई प्रभावकारी बनाइनेछ: प्रधानमन्त्री भूकम्प सुरक्षा दिवस: पूर्व तयारीका कामलाई प्रभावकारी बनाइनेछ: प्रधानमन्त्री जोकोभिच सबैभन्दा धेरै ग्राण्डस्लाम खेल्ने खेलाडी बने पक्राउ परेका दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा बयान दिन इन्कार नेप्से परिसूचकमा झिनो अङ्कको सुधार सरकारले ८० प्रतिशत नागरिकलाई दुषित पानी खुवाएको छः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक आँैस सुनको मूल्य दुई हजार छ सय ७५ दशमलव १८ अमेरिकी डलर कायम भएको छ ।

स्थानीय बजारमा प्रतितोला सुनमा रु चार सयले वृद्धि भएको छ । आइतबार सोही परिमाणको पहेँलो धातु रु एक लाख ५५ हजारमा खरिदबिक्री भएको थियो । आज एक तोला सुनको मूल्य रु एक लाख ५५ हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य प्रतितोलामा रु १० ले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार आठ सय ३० निर्धारण भएको छ ।