३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिपक्षी दलहरुको बैठक सुरु 



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बिपक्षी दलहरुको बैठक सुरु भएको छ।

सरकारले अध्यादेशमार्फत् शासन चलाउन खोजेको र संसद् अधिवेशन बोलाउन ढिलाइ गरेको भन्दै विपक्षी दलहरु मोर्चाबन्दीमा लागेका हुन् ।

बैठकमा रास्वपा, नेकपा एकीकृत समाजवादी, राप्रपालगायतका दलका नेता सहभागी भएका छन् ।

सरकारले संसद् बैठक आह्वान नगरेको र अध्यादेशबाट मात्र शासन चलाउन खोजेको भन्दै विपक्षी दलहरुले संयुक्त रुपमा विरोध जनाउन लागेका हुन् । उनीहरुले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गर्ने जनाईएको छ ।

विपक्षी दलहरुले सरकारको छ महिने उपलब्धिको समेत समीक्षा गर्ने छन् ।