२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारविरुद्ध विपक्षी दलको मोर्चाबन्दी, आज बैठक



अ+ अ-

काठमाडौं । सरकारले अध्यादेशमार्फत् शासन चलाउन खोजेको र संसद् अधिवेशन बोलाउन ढिलाइ गरेको भन्दै विपक्षी दलहरु मोर्चाबन्दीमा लागेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको नेतृत्वमा विपक्षी दलले मोर्चाबन्दी गरेका हुन् ।

विपक्षी दलहरुको बैठक आज बस्दै छ । माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा ९ बजे बस्ने बैठकमा रास्वपा, नेकपा एकीकृत समाजवादी, राप्रपालगायतका दलका नेता सहभागी हुने छन् ।

सरकारले संसद् बैठक आह्वान नगरेको र अध्यादेशबाट मात्र शासन चलाउन खोजेको भन्दै विपक्षी दलहरुले संयुक्त रुपमा विरोध जनाउन लागेका हुन् । उनीहरुले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गर्ने छन् ।

विपक्षी दलहरुले सरकारको छ महिने उपलब्धिको समेत समीक्षा गर्ने छन् ।