६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिको बैठकमा सांसदहरु नआएपछि बैठक सञ्चालनमा समस्या



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिका सभापति सन्तोष चालिसेले समिति बैठकमा गणपूरक संख्या नपुग्दा अफ्ठ्यारो परेको गुनासो गर्नुभएको छ ।

आईतवार सिंहदरबारमा बसेको अर्थसमिति बैठकमा भएको भन्सार ऐनका विषयमा सरोकारवाला निकायहरुसँगको छलफलमा समयमा सांसदहरु उपस्थित नहुँदा १५ मिनेटका लागि बैठक स्थिगित गरेर दोस्रो बैठक बसेको हो ।

बैठकपछि सांसदहरुसँग गुनासो गर्दै अर्थसमितिमा आएका विधेयकहरुको जिम्मा सभापतिको मात्रै नभएको भन्दै सबै सदस्यहरुको दायित्व भएको स्मरण गराउनु भयो । उहाँले चार दिनअघि बैठकको जानकारी दिँदा पनि एक तिहाई सांसद पनि बैठकमा उपस्थित नहुँदा बैठक सञ्चालनमा समस्या भएको गुनासो गर्नुभयो । उहाँले समयमा सांसदहरु बैठकमा जानकारी गराउने विषयमा सबै पार्टीका प्रमुख सचेतकहरुसँग छलफल गर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘अर्थसमिति बैठक राख्दा कहिल्यै पनि गणपूरक सख्या नपुग्ने अवस्था सिर्जना भएको छ । सबै पार्टीको केन्द्रिय कमिटी बैठक भएकाले समिति बैठक रोकेर राख्यौं । चार दिनअघि बैठक बोलाउँदा पनि एक तिहाई पनि संसद बैठकमा उपस्थिति नहुने अवस्था सिर्जना भयो । सभापतिले मात्रै समितिको जिम्मा लिनु पर्ने हो की ? समितिमा रहेका विधेयकको विषयमा समिति सदस्यहरुको जिम्मेवारीभित्र नभएको जस्तो हो की मत अफ्ठ्यारो अवस्थामा छु । सबै पार्टीका प्रमुख सचेतकहरुसँग छलफल गर्ने पक्षमा छु ।’

उहाँले समितिमा अहिलेसम्म ५८ भन्दा बढी उजुरी परेको बताउनु भयो । उहाँले समितिले उजुरीको विषयमा उपसमिति बनाएर काम गर्नेगरी अघि बढेको बताउनु भयो ।