२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु



अ+ अ-

गुलरिया । बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो ।

ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उहाँ बाघको आक्रमणमा पर्नुभएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बताउनुभयो ।