२८ पुष २०८१, आईतवार
,
Latest
विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापना योजना स्वीकृत एनआरएनएले थाइल्याण्ड र कम्बोडियामा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्दै काठमाडौँमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको विरोध गर्छौंः माओवादी प्रमुख सचेतक पाण्डे पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश निजामति विधेयकमा वर्गीय आधारमा समानुपातिक आरक्षणको व्यवस्था गर्नुपर्छः संवैधानिक आयोगहरु आगामी चैतमा राष्ट्रिय स्पोट्र्स क्लाइम्बिङ च्याम्पियनसिप हुने लस एन्जसलसको आगलागीमा मृत्यु सङ्ख्या १६ पुग्यो शुक्लाफाँटाका विस्थापितको समस्या समाधान आयोगद्वारा प्रतिवेदन पेस नियतमा सुधार गर्नेगरी भन्सार ऐन आउनुपर्छः निजी क्षेत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलिट कपः मधेशलाई ८ विकेटले हराउदै आर्मी फाइनलमा



अ+ अ-

काठमाडौं । जय ट्रफी एलिट कप अन्तर्गत समूह चरणको पाँचौं खेलमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब फाईनल पुगेको छ ।

मधेशले दिएको २८ रनको झिनो लक्ष्यलाई आर्मीले २ विकेट क्षतिमा पुरा गर्दै फाईनल पुग्ने पहिला टोली बनेको हो ।

आर्मीको लागि त्रितराज दासले १३ रन बनाए । सन्तोष कार्कीले चार रन बनाउदा ओपनर इमरान सेखले आठ र बसिर अहमदले चार रन जोडे ।

यसअघि पहिलो इनिङमा आर्मीले ९ विकेट क्षतिमा २२५ रन बनाएको थियो भने मधेश १०२ रनमा समेटिएको थियो । १२३ रनले पछि परेको मधेशले आज दोस्रो इनिङमा १५० रन मात्रै जोड्न सक्यो ।

यससँगै, मधेश प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । फाइनलमा स्थान बनाउँने दोस्रो टोली भने जनकपुरमा जारी पुलिस र बागमतीको खेल पश्चात थाहा हुनेछ ।