२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवघाटधाममा माघेसङ्क्रान्ति मेलाको तयारी अन्तिम चरणमा



अ+ अ-

चितवन । पवित्र तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । माघे सङ्क्रान्तिदेखि एक महिनासम्म लाग्ने मकर मेलाको तयारी अन्तिम चरणमा पुगेको हो ।

सङ्क्रान्तिको अघिल्लो दिनदेखि माघ महिनाभर मेला लाग्ने भएकाले विगतका वर्षहरूको तुलनामा यस वर्ष भक्तजन बढी आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका अध्यक्ष भीमबहादुर रानाको अध्यक्षतमा एक सय ५१ सदस्यीय मेला व्यवस्थापन मूल समारोह समिति गठन गरी माघेसङ्क्रान्तिको तयारी गरिएको हो । उहाँका अनुसार मेलालाई व्यवस्थित गर्न २२ वटा उपसमिति गठन गरी काम गरिएको हो ।

विकास समितिका कार्यकारी निर्देशक सदन बरालले सङ्क्रान्तिको दिन पाँच लाख भक्तजन आउने अनुमान गरी सोहीअनुसार तयारी गरिएको जानकारी दिनुभयो । माघलाई पवित्र महिना मानिने हुँदा यो अवधिभर महामहोत्सव लाग्ने बताउँदै उहाँले करिब आठ लाख भक्तजन आउने अनुमान गरिएको उल्लेख गर्नुभयो ।

डुङ्गाको शुल्क निर्धारण, चितवन र देवघाट जोड्ने झोलुङ्गे पुल मर्मत, अस्थायी शौचालय निर्माणलगायत काम सकिएको समितिका अध्यक्ष राना बताउनुभयो । “नदीमा स्नान गर्नेका लागि रेखाङ्कन भइरहेको छ । माघेसङ्क्रान्तिका दिन स्नान गर्न पाँच लाख भक्तजन आउने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो ।

गोसाइँकुण्डबाट आएको त्रिशूली र मुक्तिनाथबाट आएको कालीगण्डकी दोभान देवघाटमा माघेसङ्क्रान्तिका दिन नुहाउँदा धार्मिक फल प्राप्त हुने विश्वास रहेकाले उक्त दिन भक्तजनको घुइँचो लाग्ने समितिले जनाएको छ । मुलुकका विभिन्न जिल्लाका साथै भारतका हिन्दू धर्मावलम्बीहरू पनि यस दिनमा स्नान गर्न देवघाट आउने गर्दछन् । माघेसङ्क्रान्तिमा देवताहरू पनि नुहाउन, तीर्थ गर्न देवघाट आउने धार्मिक कथन रहेको छ ।