२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत

नेपाली सेनाले यसरी मनायो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस- फोटो फिचर

नेपाली सेनाले यसरी मनायो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस- फोटो फिचर
अ अ+ अ-

काठमाडौं। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेनाद्वारा विविध कार्यक्रमहरुको आयोजना गरी मनाएको छ ।

जङ्गी अड्डामा आयोजित विशेष समारोहमा प्रधान सेनापति अशोक राज सिग्देलले राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गर्नुभयो । सो अवसरमा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिकमा सलामी अर्पण गर्नुका साथै रथीवृन्द, अधिकृत तथा सकलदर्जाबाट पुष्पगुच्छा अर्पण गरिएको थियो ।

यसै सिलसिलामा पौष २१ गते गोरखा दरबारबाट राष्ट्रिय झण्डा तथा नेपाली सेनाका आरम्भकालीन पाँच वटा पल्टन (श्रीनाथ, कालीबक्स, बर्दबहादुर, सबुज तथा पुरानो गोरख) को झण्डा र दिपज्योति सहित सुरु भएको एकीकरण मार्ग पदयात्रा गोरखा, धादिङ, नुवाकोट हुँदै हनुमानढोका पुगेर आजै बिहान श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको फोटो बग्गीमा राखी नगर परिक्रमा पश्चात् जङ्गी अड्डामा आयोजित कार्यक्रममा सहभागी भएको थियो ।

सो समारोह पश्चात् सभामण्डपमा आयोजित कार्यक्रममा प्रा।डा।त्रिरत्‍न मानन्धरले पृथ्वीनारायण शाहको योगदान र दिव्योपदेशको सैनिक पक्षका बारेमा र प्रा।डा। राजाराम सुवेदीले नेपाल एकीकरणमा राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहको देन, नेपाली सेना र राष्ट्रियताको बारेमा प्रवचन दिनु भएको थियो । यसै गरी नेपाली सेनाका सकलदर्जा, सैनिक विद्यालय तथा राष्ट्रिय सेवादलका छात्रछात्राहरू सम्मिलित कविता प्रतियोगिताका उत्कृष्ट कविताहरूको वाचन एवं रिपुमर्दिनी सैनिक महाविद्यालयका छात्रछात्राहरूबाट राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानबारे लघु नाटक प्रस्तुत गरिएको थियो ।

पूर्व प्रधान सेनापतिहरु, सैनिक श्रीमती संघकी अध्यक्ष, रथीवृन्द, इतिहासविद्हरू लगायत नेपाली सेनाका सकलदर्जा एवं राष्ट्रिय सेवादलमा तालिमरत छात्रछात्राहरूको उपस्थिति रहेको उक्त समारोहको अन्तमा विभिन्न प्रतियोगिताका विजयी एवं निर्णायकहरू र प्रवाचकहरुलाई प्रधान सेनापतिले पुरस्कृत एवं सम्मान गर्नु भएको थियो ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा नेपाली सेनाले धरानको फुस्रेबाट धनकुटाको पाख्रीबाससम्म ऐतिहासिक साँघुरीगढी पदयात्रा, उदयपुरको उदयपुरगढी(चौदण्डी गढी पदयात्रा र इलामको नागरीगढी देखि माईस्थानसम्म निशान पदमार्ग पदयात्रा लगायतका कार्यक्रमहरू सञ्चालन गरेको थियो । ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मुलुकभर एवं विदेशमा समेत नेपाली सेनाका इकाईहरूमा विविध कार्यक्रमहरु आयोजना गरी मनाइएको छ ।


राष्ट्रिय एकता प्रवर्द्धनका यस्ता कार्यक्रमहरूबाट श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको योगदानको सम्मान हुनुका साथै राष्ट्रिय एकताको भावना अझ मजबुत भई इतिहासको जगेर्नामा थप सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।