• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   नेपालबाट तीन अर्ब बढीको हस्तकला विदेश निर्यात ★   जसपा महाधिवेशन: अध्यक्षमा उपेन्द्रले लिए शपथ, अन्य पद सहमतिबाट टुङ्ग्याउने ★   लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना ★   कुवेत आगलागीमा ४२ भारतीयको मृत्यु भएको पुष्टि ★   ‘पुष्पा २’को प्रदर्शन मिति फेरि सर्यो ★   खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने ★   दाङमा चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु ★   भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको आवश्यकता देखिएन: ज्ञानबहादुर शाही ★   ‘तातो हावाको लहर (लू) प्रतिकार्यमा जुटौँ’ ★   विद्यालयका सटर बन्द नगराउन काठमाडौं महानगरलाई अदालतको आदेश

विदेशमा थप २१ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं । विदेशमा थप २१ जना नेपालीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । यससँगै विदेश मृत्यु हुने नेपालीको कुल संख्या २ सय ६५ पुगेको छ । मृत्यु हुनेमा कुवेतका ५ जना, साउदी अरबका १४ जना, युएईका १ जना, युगान्डाका १ जना रहेको गैरआवासीय नेपाली संघले जनाएको हो । 
 
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिवार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना भाइरसबाट संक्रमति भएका छन् । ती मध्ये ३५ हजार ७८ जना कोरोना  संक्रमण मुक्त भएका छन् । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो ।  

समितिका संयोजक डा. संजीव सापकोटाले यो साता पोर्चुगल,बेलायत, साउदी अरब, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको पनि बताए ।