१५ श्रावण २०८३, शुक्रबार
,
Latest
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु शेखरले एसियाली आइटीएफमा खेल्ने सञ्चारमन्त्री डा तिमिल्सिनासँग इजरायली राजदूतको शिष्टाचार भेट अन्ततः उठ्यो देवानगञ्ज घटनाका दुई मृतकको शव तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीतलहरका कारण नवलपरासीसहित तराई–मधेसको जनजीवन प्रभावित



अ+ अ-

काठमाडौँ । शीतलहरका कारण चिसो बढेपछि नवलपरासी लगायत तराई–मधेसको जनजीवन प्रभावित बनेको छ ।

चिसो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण तराई–क्षेत्रको जीवन प्रभावित भएको हो ।

घाम नलागेर चिसो बतास चल्ने र हुस्सु लागेपछि निम्न आयस्रोत भएको र विपन्न मजदुर वर्ग बढी प्रभावित भएका छन् । चिसोका कारण विपन्न र गरिब परिवार दिनभरि नै आगो तापेर बस्न बाध्य भएका छन् व्यापार समेत सुस्ताएको छ । चिसो अत्याधिक बढेपछि व्यापार व्यवसाय प्रभावित भएको स्थानीयले बताएका छन् ।

चिसोले विद्यार्थी विद्यालय जाने संख्या समेत कम भइरहेको स्थानीयको गुनासो छ । कतिपय विद्यालयहरुमा हिउँदे विदा दिइएको छ ।