२२ मंसिर २०८२, सोमबार
,
Latest
ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो तोरीबारीबीच चम्किने हिमशृंखला-फोटो फिचर वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि… मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनिस सुपर कपको फाइनलमा रियल र बार्सिलोना भिड्ने



अ+ अ-

काठमाडौँ । स्पेनिस सुपर कपको उपाधिका लागि रियल मड्रिड र बार्सिलोनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

गएराति भएको सेमिफाइनल खेलमा रियलले मलोर्कालाई ३-० गोलले हराउँदै फाइनलमा स्थान बनाएपछि फाइनलमा ‘एल क्लासिको’ भिडन्त हुने भएको हो ।

रियललाई जित दिलाउन जुड बेलिङम र रोड्रिगोले गोल गरे । एक गोल भने रियलले उपहारस्वरुप पायो । मलोर्काका मार्टिन भालेन्टले आत्मघाती गोल गरेका हुन् ।

यसअघि अर्को सेमिफाइनलमा बार्सिलोनाले एथ्लेटिक बिल्वाओलाई २-० गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

फाइनल खेल आउँदो आइतबार मध्यरातमा पौने एक बजे साउदीको किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा हुनेछ ।