२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनिस सुपर कपको फाइनलमा रियल र बार्सिलोना भिड्ने



अ+ अ-

काठमाडौँ । स्पेनिस सुपर कपको उपाधिका लागि रियल मड्रिड र बार्सिलोनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

गएराति भएको सेमिफाइनल खेलमा रियलले मलोर्कालाई ३-० गोलले हराउँदै फाइनलमा स्थान बनाएपछि फाइनलमा ‘एल क्लासिको’ भिडन्त हुने भएको हो ।

रियललाई जित दिलाउन जुड बेलिङम र रोड्रिगोले गोल गरे । एक गोल भने रियलले उपहारस्वरुप पायो । मलोर्काका मार्टिन भालेन्टले आत्मघाती गोल गरेका हुन् ।

यसअघि अर्को सेमिफाइनलमा बार्सिलोनाले एथ्लेटिक बिल्वाओलाई २-० गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

फाइनल खेल आउँदो आइतबार मध्यरातमा पौने एक बजे साउदीको किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा हुनेछ ।