९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोना संक्रमणको अवस्था भयावह, कुल संख्या ६० लाखभन्दा बढि



अ+ अ-

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमित संख्या ६० लाख नाघेको छ । भारतमा हालसम्म ६० लाख ७४ हजार ७०३ संक्रमित फेला परेका भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी दिएको छ । 

त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि निकै बढेको छ । हालसम्म मृत्यु हुनेके संख्या ९५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट एक हजार ३९ जनाको मृत्यु भएको हो । यससँगै समग्रमा भारतमा मृत्यु हुनेको संख्या पनि ९५ हजार ५४२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ८२ हजार १७० नयाँ संक्रमित थपिएका हुन् ।

त्यसैगरी भारतमा कोरोना संक्रमणलाई जित्नेको संख्या  ५० लाख १६ हजारभन्दा बढी छन् ।