२६ पुष २०८१, शुक्रबार
,
Latest
गुल्मीमा सुन्तला उत्पादन बढ्यो अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने जिमी कार्टरको राजकीय अन्त्येष्टिमा अमेरिकी शोक टोखाको चाकु अर्थात ‘नेपाली चकलेट’: विचौलियाको मारमा व्यवसायी, सरकारले गर्दैन सहयोग रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित स्पेनिस सुपर कपको फाइनलमा रियल र बार्सिलोना भिड्ने झापामा सीमास्तम्भ मर्मत गरिँदै प्रधानमन्त्री ओली र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेट, के भयो कुरा ? रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै, थुनामुक्त भएपछि भने– ‘धेरै लडाईं बाँकी छ’ पचास शय्याको अस्पताल भवन : थपिएको म्याद सकियो, निर्माण सकिएन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वी जयन्ती मनाउन नेताहरुलाई प्रधानमन्त्री बनाइदिन्छौँ भन्दै सौदाबाजी गर्नुपर्ने अवस्था छः अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पृथ्वी जयन्ती मनाउन शिर्ष राजनीतिक दलहरुसँग सौदाबाजी गर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित ‘नेपाल र नेपालीको पहिचानमा पृथ्वीनारायण शाहको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताउनुभएको हो ।

उहाँले प्रमुख राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री बनाइदिन्छौं तर पृथ्वीजयन्ती मनाउनुपर्छ भनेर सौदाबाजी गर्नुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले क्यालेण्डरमा लेखाइएको भएपनि सरकारले पृथ्वी जयन्तीका अवसरमा एउटा सार्वजनिक गर्ने हिम्मत समेत गर्न नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले मुलुकको एकीकरण गर्ने महान व्यक्तिको जन्मजयन्ती मनाउन हिनतावोध गर्ने व्यक्तिबाट मुलुकको संरक्षण नहुने बताउनु भयो । उहाँले पृथ्वीनारायण शाहले नेपालको एकीकरण नगरेको भए कुन देशको राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री बन्नुहुन्थ्यो ? भन्दै प्रश्न गर्नुभयो । पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसको रुपमा मनाउने र पृथ्वीनारायण शाहलाई आदर्श पुरुषको रुपमा मान्ने कुरामा कुनै हिनतावोध गर्न नुहने उहाँको भनाइ छ ।

अध्यक्ष लिङदेनले भन्नुभयो, ‘उहाँले भन्नुभयो, ‘हामीले पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसको रुपमा मनाउने र पृथ्वीनारायण शाहलाई आदर्श पुरुषको रुपमा मान्ने कुरामा कुनै हिनतावोध गर्नु हुँदैन । यो देशका मगर, गुरुङ, लिम्बूदेखि सबै जातजातीको योगदान रहेको छ । हाम्रो त्यस बेलाको लिम्बुवान, किराँत राज्य नेपाल एकीकरणमा समावेश नभएको भए अहिले त्यहाँ लिम्बुको छुट्टै राज्य भइराख्थ्यो त ?हामी त्यहाँको राजा भइरहन्थ्यौं त ?यसरि जुन प्रकारले एकीकरणमाथि प्रश्न उठाउने कामहरु भइरहेको छ यसबाट सबै समुदाय सचेत रहनुपर्दछ । होसियार रहनुपर्छ र त्यसको प्रतिवाद गर्नुपर्छ । अहिले नेपाल भन्ने देश नभएको भए आज जुम्लाको ज्ञानेन्द्र शाही र राजेन्द्र लिङदेन कसरी जोडिन्थ्यौं होला ?रामचन्द्र पौडेल कुन देशको राष्ट्रपति हुनुहुन्थ्यो होला ।’

‘केपी शर्मा ओली कुन देशको प्रधानमन्त्री हुनुहुन्थ्यो होला ? शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुनुभयो । छैटौं र सातौं पटक कुन देशको प्रधानमन्त्री हुन्छु भनेर प्रखेर बसिरहनुभएको हुन्थ्यो होला ? तर उहाँहरु नै पृथ्वी जयन्ती मनाउनका लागि हामीले तपाईलाई प्रधानमन्त्री बनाइदिन्छौं तर पृथ्वीजयन्ती मनाउनुपर्छ भनेर सौदाबाजी गर्नुपर्ने अवस्था छ । क्यालेण्डरमा त लेख्न लगाइयो तर आज सरकारले पृथ्वी जयन्तीका अवसरमा एउटा सार्वजनिक कार्यक्रम राख्ने हिम्मतसम्म गर्दैन । यस्तो हिनतावोधबाध गर्ने व्यक्तिहरुबाट देशको संरक्षण कसरि हुनसक्छ । कहाँ छ त्यो संस्कृती मन्त्रालय, कहाँ छ प्रज्ञा प्रतिष्ठान , पृथ्वीनारायण शाह नभएको भए कहाँका प्राज्ञ बन्थे ?कहाँका मन्त्री बन्थे ? यस्ता मान्छेहरुलाई देशको जिम्मेवारी दिएर देशको भविष्य सुरक्षित छैन । पृथ्वीनारायण शाहको नेपालको भविष्यको सुरक्षा छैन ।’

नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्ती मनाइँदै आएको छ ।