२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलिट कपः आर्मीले बागमतीलाई दियो २०४ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । जय ट्रफी एलिट कपअन्तर्गतको चौथो खेलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई जितको लागि २०४ रनको लक्ष्य दिएको छ ।

७६ रनको अग्रतासहित दोस्रो इनिङ सुरू गरेको आर्मीले दोस्रो दिनको टी ब्रेकसम्म २०३ रन बनायो । ८ विकेट गुमाएर १ सय २७ रन बनाएको अवस्थामा आर्मीले दोस्रो पारी समाप्तिको घोषणा गर्यो । आर्मीका तीर्थराज दासले २८, कप्तान विनोद भण्डारीले २७ रन बनाए ।

बाग्मतीका नन्दन यादवले ४, प्रतिस जिसीले ३ विकेट लिए ।

यसअघि जनकपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पहिलो पारीमा २ सय ७६ रन बनाएको थियो । यस्तै बाग्मतीले ९ विकेट गुमाएर २ सय रन बनाएको थियो ।

अहिलो बाग्मतीले दोस्रो पारीको ब्याटिङ शुरू गरेको छ ।

पहिलो खेलमा आर्मीले पुलिससँग ड्र खेलेको थियो भने बागमतीले मधेशसँग ड्र खेलेको थियो ।