२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलिट कपमा दुई खेलः मधेश र आर्मीले पहिला ब्याटिङ गर्दै



अ+ अ-

काठमाडौं । जय ट्रफी पुरुष एलिट कप क्रिकेटअन्तर्गत आज दुई खेल भईरहेको छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा मधेश प्रदेश र नेपाल पुलिसबीच प्रतिस्पर्धा भईरहेको छ । पुलिस क्लबले टस जितेर पहिलो फिल्डिङ राजेको छ । मधेशको कप्तानी हरिशंकर शाह र पुलिसको कप्तानी आरिफ शेखले गरिरहेका छन् ।

यस्तै,जनकपुरमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश खेलिरहेका छन् । आर्मीविरुद्ध बागमतीले टस जितेर पहिला फिल्डिङ गरिरहेको छ । आर्मीको कप्तानी विनोद भण्डारी र बागमतीको कप्तानी सन्दीप लामिछानेले गरेका छन् ।

यसअघि भएको उद्घाटन खेलमा पुलिस र आर्मी तथा बागमती र मधेशले ड्र खेलेका थिए । ४ टोली सहभागी प्रतियोगितामा शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।