२५ पुष २०८१, बिहीबार
,
Latest
ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति कसैको वैशाखीविना एक भएर स्ववियु निर्वाचनमा उत्रन अनेरास्ववियुलाई प्रधानमन्त्रीको आह्वान पृथ्वी जयन्ती मनाउन नेताहरुलाई प्रधानमन्त्री बनाइदिन्छौँ भन्दै सौदाबाजी गर्नुपर्ने अवस्था छः अध्यक्ष लिङदेन लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ बलियो राजनीतिक दलले मात्रै देश बनाउन सक्छः महासचिव पोखरेल ‘झिंगाले सरापेर डिंगा मर्दैन’: प्रधानमन्त्री ओली शहीद दशरथ चन्द स्वास्थ्य विज्ञानका लागि बनाइएका संरचनाहरुबाट सेवा शुरु गर्न माग तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन उपल्लो मुस्ताङमा पर्यटक बढे सूर्यदर्शन सहकारी ठगी प्रकरण: थुनछेक आदेश आउदै, सुरक्षा व्यवस्था कडा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द



वीरगञ्जको घण्टाघरचोकमा बुधबार बिहान लागेको बाक्लो हुस्सु र कुहिरोले छोपिएको घण्टाघर। चिसो बढेसँगै यो क्षेत्रको जनजीवन प्रभावित बनेको छ । तस्बिरः हिमाल लम्साल र रासस
अ+ अ-

वीरगञ्ज । वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला दिन जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ । महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो ।

महानगरका शिक्षा अधिकृत हरि राउतले सार्वजनिक सूचना जारी गरेर तिन दिन सामुदायिक र संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । “बढ्दो जाडोका कारणबाट विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै तीन दिन वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालयको प्रशासनिक कार्य सञ्चालन गर्नेगरी विद्यार्थीलाई गृहकार्य दिई घरमा अध्ययन गर्ने वातावरण मिलाई विद्यालयमा पठनपाठनसम्बन्धी कार्य स्थगन गर्न÷गराउनुहुन सम्बन्धित सबै विद्यालयलाई जानकारीका लागि आदेशानुसार अनुरोध छ”, उहाँले भन्नुभयो ।

त्यसैगरी पर्सागढी नगरपालिकाले पनि गत पुस २१ गते सार्वजनिक सूचना जारी गरेर पुस २२ गतेदेखि माघ १ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख देवकुमार गिरीले जानकारी दिनुभयो । रासस