२५ पुष २०८१, बिहीबार
,
Latest
मार्टिन गप्टिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन् खैरो हिरोईनको धुलो जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ बाहिर बसेर मुद्दा लड्न पाउँ, पीडितको बचत फिर्ता ल्याउन पहल गर्छुः रवि लामिछाने अन्तर्वार्तामा जानुअघि अपनाउनुहोस् यी वास्तु उपाय, अवश्य सफलता मिल्नेछ नेपाल एयरलाइन्सको सुधार नगरी विश्राम लिँदैनौँः मन्त्री पाण्डे अमेरिकामा डढेलोका कारण हाहाकार, लस एन्जलस क्षेत्रका हजारौं मानिसलाई घर छोड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरण: सरकारी वकिलको जवाफी बहस सकियो सूर्यदर्शन सहकारी प्रकरणः सरकारी वकिलको बहस सकियो, आजै आदेश आउने सम्भावना कानून परिवर्तन गरेर भएपनि त्रिभूवन विश्वविद्यालय सुधारेरै छोड्छुः शिक्षामन्त्री भट्टराई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि एक वर्ष थप गर्ने मन्त्रिपरिषद्को निर्णय



अ+ अ-

काठमाडौं । सरकारले सशस्त्र प्रहरीका चार जना डीआईजीको पदावधि एक वर्ष थप गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रका चार डीआईजीको पदावधि थप गरेको हो ।

यसरी पदावधि थप हुनेहरूमा नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीका प्रमुख शम्भु सुवेदी, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका प्रमुख गणेश ठाडामगर, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखरा कास्कीका प्रमुख कुलबहादुर नेम्वाङ र राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा कार्यरत डीआईजी कमल गिरी छन् ।

उनीहरू आजै मध्यरातिबाट अवकाशमा जाँदै थिए । सशस्त्रको मुख्यालयले दुई साता अघि नै उनीहरूको पदावधि थप गर्न सिफारिस गरेको थियो ।

सो सिफारिस गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता गरेको थियो । जसअनुसार मंगलबारको मन्त्रिपरिषद् बैठकले उनीहरूको पदावधि थप गरेको हो ।